गरिमा विकास बैंकले ल्यायो ११.९९ प्रतिशतमै सजिलो एसएमइ कर्जा सुविधा, दुई दिनमै स्वीकृत हुने

  • BFIS News
  • 2023 Aug Tue 13:13
गरिमा विकास बैंकले ल्यायो ११.९९ प्रतिशतमै सजिलो एसएमइ कर्जा सुविधा, दुई दिनमै स्वीकृत हुने

काठमाडौं । गरिमा विकास बैंकले ११.९९ प्रतिशत व्याजदरमै सजिलो एसएमइ कर्जा सुविधा ल्याएको छ । आफ्नो व्यवसायको सपना साकार पार्ने उद्देश्य बोकेकाहरुलाई लक्षित गर्दै बैंकले यस्तो सुविधा ल्याएको हो ।

व्याजदर निश्चित हुने भएकाले ऋणीले भविष्यमा व्याजदर बढ्छ भनेर चिन्ता लिइरहनु पर्दैन । धितोको उचित मूल्याङ्कन गरिनेछ । जसले गर्दा सहजै र आफुले चाहे जति कर्जा लिन मद्दत पुग्ने बैंकले जनाएको छ । ऋणीले क्रेडिट कार्डको सुविधा पाउने छन् । न्युनतम सेवा शुल्क लाग्ने भएकाले कर्जाको भार धेरै पर्ने छैन ।

बैंकले आफ्नै व्यवसाय गर्नेहरुलाई लक्षित गर्दै यस्तो स्किम ल्याएको हो । जसले इन्ट्रपेनरहरुलाई ठुलो मद्दत पुर्याउने निश्चित छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया