Nepal Life

शेयर बजार पुरानै फर्ममा फर्किने संकेत, सेक्टरल सुधारले लगानीकर्तालाई हौस्याउदै

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 16:07
शेयर बजार पुरानै फर्ममा फर्किने संकेत, सेक्टरल सुधारले लगानीकर्तालाई हौस्याउदै
Sanima Reliance

काठमाडौं । शेयर बजार पुरानै लयमा फर्किने संकेत देखिएको छ । नेपालको शेयर बजारमा सेक्टरल ग्रोथ सबैभन्दा प्रभावकारी बन्ने गरेको छ । जहाँ नेप्से सूचक एकै पटक बढ्दा वा घट्दा नै जखिमपुर्ण हुने गरेको छ ।    

NIMB

शेयर बजार १८२६ अंकबाट सुधार हुँदा सबैभन्दा पहिला सेक्टरल ग्रोथ देखिएको थियो । जसले बजारमा करेक्सन सँगै सुधारको आधार बनाउथ्यो । पछिल्लो दिनमा नेप्से सूचक ३ हजारबाट लगातार घट्दा २४ सय भन्दा तल झर्यो । जहाँ कुनै पनि सेक्टर अछुतो रहेन । 

आज सबैभन्दा धेरै उत्पादन तथा प्रशोधनमुलक कम्पनी र फाइनान्समा देखिएको छ । अन्य सूचकमा पनि सामान्य सुधार आएको छ । बाणिज्य बैंकमा १६ अंकले मात्रै सुधार हुँदा पनि नेप्से सूचक ४४.४५ अंकले बढेको छ । बजारमा उल्लेखनिय सुधार देखिए पनि कारोबार रकम भने तीन अर्ब ७१ करोडमा सिमित छ । 

अहिलेको शेयर बजार ठ्याक्कै १८ सयदेखि २ हजारको विचमा घुमेको अवस्थामा छ । जतिवेला शेयर बजारमा यहि रेञ्जको कारोबार हुने गरेको थियो । यस्तो सुधारमा लगानीकर्ताले खासै ठुलो नोक्सानी बेहोर्नु पर्दैन । तर नेपालीहरुको बानी जव बजार सुधार हुन्छ त्यस पछि आफु सँग भए भरको पैसा शेयर बजारमा फसाउछन् । तर बजारबाट झिक्न जान्दैनन् । जसले गर्दा वर्षौसम्म ठुलो नोक्सानी बेहोर्नु पर्छ । 

यस्तो ट्रेडिङमा लगानीकर्ता भन्दा पनि ट्रेडरले पैसा कमाउछ । जसले नाफा बुक गर्न सक्छ उसैले हातमा पैसा पार्न सक्छ । हैन भने मेरो शेयरमा हेरेर मेरो पोर्टफेलियो यति बढ्यो उति बढ्यो र पहिला यति थियो भन्ने शिवाय अरु केहि हुँदैन । 

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया