Nepal Life

नियतवश कर्जा नतिर्ने ऋणीको कर्जा पुनरसंरचना नगर्न राष्ट्र बैंकको निर्देशन, परिस्थितिवस नसक्नेलाई सुविधा दिन आग्रह

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 06:30
नियतवश कर्जा नतिर्ने ऋणीको कर्जा पुनरसंरचना नगर्न राष्ट्र बैंकको निर्देशन, परिस्थितिवस नसक्नेलाई सुविधा दिन आग्रह
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियतवश कर्जा नितिर्ने ऋणीको कर्जा पुनरतालिकीकरण  वा पुनरसंरचना नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई नियतवश कर्जा नतिर्ने ऋणीको विवरण तयारी गरी त्यसबाहेकका परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीको कठिनाइलाई दृष्टिगत गरी आवश्यकताका आधारमा मात्रै यस्तो सुविधा दिन निर्देशन दिएको हो ।

NIMB

सामान्यतया कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना भन्नाले कर्जाको मौजुदा सर्तहरुमा परिवर्तन गर्नु हो । जसमा मुख्यतया व्याजदर, भुक्तानी अवधि वा भुक्तानी तालिकाको संशोधन गरिन्छ । यसको मुख्य उद्देश्य ऋणीको व्यवसाय र नगद प्रवाहको प्रकृतिबीच तालमेल मिलाई परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीलाई पुनरुत्थान हुने मौका प्रदान गरिएको राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

राष्ट्र बैंकले औचित्यको आधारमा एक पटकको लागि आगामी २०८१ पुस मसान्तभित्र कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने सुविधा प्रदान गरेको छ । यस्तो सुविधा अन्तर्गत कर्जा भुक्तानी अवधि बढीमा ३ वर्ष थप गर्न सकिनेछ ।  

असुल हुन बाँकी व्याजको कम्तिमा ५ प्रतिशत असुल भएको हुनुपर्नेछ । यसबापत ऋणीबाट कुनै पनि प्रकारको शुल्क/हर्जना लिन नपाइने व्यवस्था छ । ऋणलाई कालोसूचीबाट हटाउन कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नु पर्ने नियामकीय व्यवस्था गरिएको छ । राष्ट्र बैंकले नियामकीय व्यवस्था राम्रो सँग बुझेर वित्तीय अनुशासनमा रही व्यवसाय गर्न अनुरोध गरेको छ ।

कोभिड १९ पछि आएको आर्थिक मन्दीका कारण धेरै ऋणीहरु अहिले पनि ठुलो समस्यामा छन् । व्यापार व्यवसायमा मन्दी आउदा धेरैले कर्जा तिर्न सकिरहेका छैनन् । वेला वेलामा आउने प्राकृतिक प्रकोपका कारणले पनि ऋणीको कर्जा भुक्तानी गर्न सक्ने क्षमतामा ह्रास आइरहेको छ । 

राष्ट्र बैंकले पनि परिस्थितिजन्य अवस्थालाई मध्यनजर गर्दै समय समयमा विभिन्न किसिमका राहातका प्याकेजहरु ल्याउने गरेको छ । पछिल्लो समय यस्तै विविध कारणले बैंकहरुको कर्जा नराम्रो सँग बिग्रीएको छ । यस वर्षबाट भने त्यस्ता कर्जामा सुधार आउने बैंकहरुले आकलन गरिरहेका छन् । तर कसैले कर्जा नतिर्दा भोलि मिनाहा हुन्छ भन्ने कुरा भनिदिएकै भरमा सक्दा सक्दै पनि कर्जा नतिर्ने ऋणीको संख्या पनि कम छैन । अझ धेरै यस्तो समस्या लघुवित्त क्षेत्रका ऋणीमा छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार