Nepal Life

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच सम्झौता, विद्युतीय गाडीमा ८० प्रतिशतसम्म फाइनान्स

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 12:53
राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच सम्झौता, विद्युतीय गाडीमा ८० प्रतिशतसम्म फाइनान्स
Shikhar detail

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एमएडब्लु बृद्धि मोटर्सबीच विद्युतीय (EV) गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

NIMB

सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी (रातो प्लेट) को NAMMI र SERES विद्युतीय (EV) गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ ।

कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मुल्यको विद्युतीय गाडी (EV) को बढिमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढिमा सात वर्ष सम्म कर्जा अवधि दिइने यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म मात्र लागू हुने छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा  एक्स्टेन्सन काउन्टर रहेको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया