NIMB Header 2
Nepal Life

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

National Life
  • BFIS News
  • 2024 Oct 02 15:08
नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना
Sanima Reliance

काठमाडौं। नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ बजारमा सर्वाधिक न्यून ब्याजदर ७.७० मा नेपाल बैंक सर्वसुलभ आवास कर्जा ल्याएको छ।

नेपाल बैंक सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वार तथा अन्य बैंकको कर्जा खरिद र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन्।

Shikhar
NIMB

बैंकले ५ वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकि सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट प्रदान गरी ५ लाख रूपैयाँदेखि अधिकतम २ करोडसम्म कर्जा उपलब्ध गराउने भएको छ।

यसका अतिरिक्त बैंकले नेपाल बैंक समृद्ध व्यवसाय कर्जा, अटो लोन लगायत विभिन्न कर्जाको ब्याजदर समेत उल्लेख्य प्रतिशतले घटाएको छ।

कर्जा सीमा १० करोड रूपैयाँसम्म रहेको नेपाल बैंक समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत रहेको छ भने व्यवसायिक ग्राहकहले चालुपुँजी तथा स्थिरपुँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्नेछन्।

त्यसैगरी, नयाँ गाडी खरिदको लागि ५ र ७ वर्ष भुक्तानी अवधि राखि बैंकले प्रवाह गर्ने नेपाल बैंक अटो कर्जाको ब्याजदर हाल ७.७८ प्रतिशत रहेको छ।

हाल नेपालभर २२९ शाखा, ६० एक्स्टेन्सन काउण्टर र २०५ एटिएम काउण्टरबाट सेवा सञ्चालन गरिरहेको यस बैंकले आफ्नो ऐतिहासिक विरासतलाई कायम राख्दै अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैं कटिबद्ध रहेको बताएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया