Nepal Life

घट्दा आत्तिने बढ्दा मात्तिने लगानीकर्ता, मंगलबार ११४ अंकले बढेकोमा आज २६ अंकको गिरावट

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 15:16
घट्दा आत्तिने बढ्दा मात्तिने लगानीकर्ता, मंगलबार ११४ अंकले बढेकोमा आज २६ अंकको गिरावट
National Life

काठमाडौं । शेयर बजारमा इन्भेष्टर भन्दा पनि ट्रेडर हाबी हुँदा बढ्दा मात्तीने अनि घट्दा आत्तीने प्रवृत्ती बढेको छ । मंगलबार शेयर बजार ११४.७० अंकले बढेकोमा आज बुधबार २६.०७ अंकले घट्यो । बजार बढ्ने सामान्य हल्लाकै भरमा भोलिदेखि किन्न पाइदैन कि भनेर खरिद गर्न तम्सिने लगानीकर्ता अलिकति करेक्सनमा पनि डराएर बिक्री गर्न हतारिने गरेका छन् । 

NIMB

गएको सोमबार र मंगलबार दुई दिनमा नेप्से सूचक १६० अंकले सुधारियो । जुन गतिमा सुधार भयो आज करेक्सन आउनु स्वभाविक पनि थियो । कारोबार अवधिमा नेप्से सूचक ४० अंक भन्दा धेरैले समेत घट्यो । यस अवधिमा बायर र सेलर विच राम्रै वार्गेनिङ पनि भयो । 

सामान्यतया असोज महिना शेयर बजारमा खासै सुधार हुँदैन । प्रथम त्रैमाशको व्याज र किस्ताको जोहो गर्नु पर्ने दवाव एकातिर रहन्छ भने चाडवाडका लागि पनि लगानीकर्ताले बजारबाट पैसा झिक्न खोज्छन् । जसले शेयर बजारलाई नै आम्दानीको प्रमुख स्रोत मानेका हुन्छन् उनिहरुले बजारबाटै पैसा लैजान्छन् । यस पटक दशै विदा पछि महिनाको अन्तिम दुई दिन शेयर कारोबार हुन्छ । यसका लागि पनि अहिले नै शेयर बिक्री गर्नु पर्छ । नत्र हातमा पैसा पाइदैन । शेयर बजार अव एक साता मात्रै खुल्छ त्यस पछि एक साता जति बन्द हुन्छ । 

बजारका खेलाडीहरुले यहि अवसरमा गएका दुई दिनमा शेयर बजार बढाउन राम्रै चलखेल गरे । तर आज उनिहरुले शेयर बिक्री गरेर दशै र प्रथम त्रैमाशको व्याज र किस्ता जोहो गर्दा सेलिङ प्रेसर राम्रै देखियो । तर कारोबारको अन्तिम ५ मिनेटमा शेयर बजार ४५ अंक भन्दा धेरैको गिरावटबाट २६ अंकको गिरावटमा रोकियो । यसले पनि आगामी साता शेयर बजारमा राम्रै सुधार हुने देखिएको छ । भोलि घटस्थापनाको सार्वजनिक विदा भएकाले कारोबार हुँदैन । आजको कारोबार नै यस साताको अन्तिम कारोबार हो । 

दुई दिनमा १६० अंकको सुधार गरेर बिक्री गर्न भ्याउनु पनि ठुला लगानीकर्ता र ट्रेडरको सफलता नै हो । आज सूचक तल झरे पनि कारोबार रकम भने राम्रै बढेको छ । हिजो दुई दिनको सुधारलाई हेरेर लगानीकर्ताहरु बजारमा फर्किन खोजेको देखिन्छ । यसले गर्दा कारोबार रकम ६ अर्ब ७७ करोडको भयो । 

नेप्से सूचक २५९७.४९ अंकमा बन्द भएको छ । फाइनान्सको सूचक बाहेक सबै सूचकमा गिरावट आएको छ । गएका दुई दिनमा पनि फाइनान्सको शेयर मूल्यमा सबैभन्दा धेरै सुधार देखिएको छ । ट्रेडरले कम सप्लाइ भएको कम्पनीको शेयरमा खेल्ने भएकाले करेक्सनमा पनि बजार मूल्यमा सुधार आएको हो । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार