सूर्योदय वोमी लघुवित्तद्धारा मृत्यु दाबी भुक्तानी, कौशिल्या देवीको परिवारलाई ४ लाख ८१ हजार प्रदान
- BFIS News
- 2024 Oct Wed 18:22
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको बर्दघाट सुस्ता पश्चिम नवलवराजसी जिल्लाको परासी शाखाले सदस्य कौशिल्या देबी केवटको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।
संस्थाले आज सम्पन्न मृत्यु दाबी तथा वित्तीय साक्षरता कार्यक्रममा मृतक सदश्य केवटकी श्रीमान राजमन केवटलाई ४ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेको हो । उक्त रकम मध्ये संस्थामा रहेको कर्जा भुक्तानी गरेर बाँकी रहेको २ लाख २५ हजार ४९० रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।
केवटको २०८० साल भदौ २८ गते मृत्यु भएको थियो । उनको मृत्यु पश्चात दिपेन्द्र प्रसाद उपाध्याय र अमित चौधरीको पहल पश्चात उक्त दाबी प्रदान गरिएको हो । संस्थाको स्टेशन कार्यालय सुनवलको अनुगमन अधिकृत जय कृष्ण जोशी र शाखा प्रमुख कृष्ण मालीले केन्द्रका सदस्य तथा अन्य छिमेकीहरुको रोहबरमा दाबी रकम हस्तान्तरण गरेका हुन् ।
स्वर्गीय सदस्य कौशिल्या देबी केवटले २०७८ साल असार ३० गते सूर्योदयबाट धान खेति परियोजनाको लागी एक लाख ७० हजार रुपैयाँ र २०७९ साल असोज २७ गते घर मर्मत परियोजनाको लागि दुई लाख रुपैयाँ कर्जा लिएकी थिइन् । कर्जा लिदा संस्थाले उनि उनको श्रीमानको दुर्घटना बीमा गरिएको थियो ।
यस वित्तीय संस्थाले आफ्नो सदस्यलाई कर्जा लगानी गर्दा कर्जाको जोखिम न्यूनीकरण को लागि ऋणी सदस्य र निजको श्रीमान् / श्रीमतीको अनिवार्य बीमा गर्ने गरिएको शाखा प्रमुख कृष्ण मालीले जानकारी दिए ।
प्रतिक्रिया