Nepal Life

एडीबीको सहकार्यमा स्ट्यान्डर्ड चार्टर्डले सुरु गर्‍यो छिमेक लघुवित्तमार्फत ग्रामीण क्षेत्रमा वित्तीय लगानी

NMB Bank
  • BFIS News
  • 2024 Oct 03 04:39
एडीबीको सहकार्यमा स्ट्यान्डर्ड चार्टर्डले सुरु गर्‍यो छिमेक लघुवित्तमार्फत ग्रामीण क्षेत्रमा वित्तीय लगानी
National Life

काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले एसियाली विकास बैंक (एडीबी)को सहकार्यमा ग्रामीण क्षेत्रमा वित्तीय लगानी शुरु गरेको छ। बैंकले एडीबीसँग सहकार्य गरी छिमेक लघुवित्त वित्तीय संस्थामार्फत् नेपालका ग्रामीण क्षेत्रका सीमान्तकृत समुदायमा वित्तीय लगानी गर्न लागेको हो। 

Shikhar
NIMB

जसका लागि बैंकले एडीबीका कन्ट्री डाइरेक्टर र लघुवित्तसँग सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिर्वाण घोष दस्तीदार, एडीबीका कन्ट्री डाइरेक्टर आर्नोड ककोइस र  छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दीपकनिधि तिवारीले हस्ताक्षर गरेका हुन्। 

सम्झौताअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपालको ग्रामीण क्षेत्रका सीमान्तकृत समुदाय वित्तीय लगानी गर्न छिमेक लघुवित्त वित्तीय संस्थालाई ऋण उपल्बध गराउँने छ। जसको जोखिम मूल्यांकन तथा व्यवस्थापनमा एडीबीले सहयोग गर्नेछ। 

बैंक र लघुवित्तबीच अनफन्डेड रिस्क पार्टिसिपेसन एग्रिमेन्ट भएको हो। एडीबीको लघुवित्त कार्यक्रमअन्तर्गत वित्तीय समावेशिता र लैंगिक भेदभाव हटाएर नेपालका सीमान्तकृत र पिछडिएका महिलाको आर्थिक स्थिति उकास्न यसखाले ऋणले सहयोग गर्ने विश्वास गरिएको छ।

छिमेकलाई उपलब्ध गराइन लागिएको कर्जा नेपालमा यस प्रकारको पहिलो रहेको बताइएको छ। जसले ग्रामीण भेगमा वित्तीय पहुँच थप बलियो बनाउन उपयोग हुनेछ भने अन्य नवीन काममा पनि ऋण उपलब्ध गराई सीमान्तकृत समुदायको आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ।

एडीबीका कन्ट्री डाइरेक्टर आर्नोड ककोइसले लघुवित्त कार्यक्रमअन्तर्गत नेपालमा छिमेक लघुवित्त पहिलो साझेदार बनेको र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सघाएका धन्यवाद दिए। छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दीपकनिधि तिवारीले ऋण सहयोग नेपालका ग्रामीण क्षेत्रका सीमान्तकृत समुदायको आर्थिक गतिविधि विस्तार गर्न उपयोगी हुने बताए।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तीदारले नेपालका सीमान्तकृत समुदायको आर्थिक उन्नतिका लागि बैंकले काम गर्दै आएको र भविष्यमा यस्ता कार्यक्रमलाई थप वृद्धि गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया