Nepal Life

आइपिओ निष्काशनको मुख्य एजेन्डासहित सिड इनर्जीले बोलायो साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Oct 03 08:48
आइपिओ निष्काशनको मुख्य एजेन्डासहित सिड इनर्जीले बोलायो साधारण सभा
National Life

काठमाडौं। आइपिओ निष्काशनको मुख्य एजेन्डासहित सिड इनर्जीले वार्षिक साधारण सभा बोलाएको छ। असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कात्तिक ९ गते ललितपुरको जावलाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजेदेखि सुरु हुने गरी सभा बोलाएको हो।  

Shikhar
NIMB

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात, सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाहको विवरण र सोसँग सम्बन्धित अनुसूचिहरुमाथि  छलफल गरी पारित गर्ने र सञ्चालक समितिले आव २०८०/०८१ मा गरेका निर्णयहरु तथा कार्यहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया