Nepal Life

आज एभरेष्ट बैंक र ओरियण्टल होटलको वार्षिक साधारणसभा, शेयरधनीलाई दशै खर्चको जोहो गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 07:08
आज एभरेष्ट बैंक र ओरियण्टल होटलको वार्षिक साधारणसभा, शेयरधनीलाई दशै खर्चको जोहो गर्दै
Sanima Reliance

काठमाडौं । आज एभरेष्ट बैंक र ओरिएण्टल होटलले वार्षिक साधारणसभा आह्वान गरेका छन् । एभरेष्टले आम्रपाली ब्यङ्कवेट र ओरिएण्टलले नेपाल प्रशासनिक प्रतिष्ठान जावलाखेलमा डाकेका हुन् । दुबैले विहान ११ बजे सभा आह्वान गरेका हुन् । 

NIMB

बैंकको साधारण सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तालिका छ।

बोनस जारीपश्चात पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन, सर्वसाधारण सेयरधनीका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन र लेखापरीक्षक नियुक्ति पनि एजेण्डामा छन्।

संचालकहरूले देश तथा विदेश भ्रमण गर्दा पाउने दैनिक भत्ता पनि साधारण सभाबाट बढाउन लागिएको छ। दैनिक भत्ता ९ वर्षदेखि एउटै रहेकाले हालको महँगीलाई मध्यनजर गरी पुनरावलोकनको प्रस्ताव साधारण सभामा पेस गर्न लागिएको बैंकले जनाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते बुक क्लोज गरेको थियो । असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले लाभांश पाउनुका साथै आज सभामा भाग लिने पाउने छन् ।

ओरियण्टल होटल्स् लिमिटेडले आज २७औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३१६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

वार्षिक सहित लेखापरीक्षकको प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

सभा प्रयोजनार्थ होटलले असोज ७ देखि २० गतेसम्म बुक क्लोज गर्नेछ । यसका आधारमा असोज ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया