Nepal Life

आजदेखि ब्रोकर कम्पनीको आफ्नै 'टिएमएस', के छन् विशेषता?

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 12:42
आजदेखि ब्रोकर कम्पनीको आफ्नै 'टिएमएस', के छन् विशेषता?
Sanima Reliance

काठमाडौं। ब्रोकर कम्पनीले सेयर र अन्य धितोपत्र किनबेचका लागि आजदेखि आफ्नै टिएमएस सञ्चालनमा ल्याएका छन्। सेक्युर्ड सेक्युरिटिजले आजैबाट नयाँ टिएमएस सञ्चालनमा ल्याएको छ।

हालसम्म ब्रोकर कम्पनीहरूले नेपाल स्टक एक्सचेन्जले नै बनाएर दिएको टिएमएस चलाइरहेका थिए।

NIMB

सेक्योर्ड सेक्युरिटिजको नयाँ टिएमएस सञ्चालनसँगै अन्य ब्रोकर कम्पनीले पनि सुरुआत गर्ने तयारी थालेका छन्।

डिजीहब कम्पनीमार्फत ब्रोकरहरुले नयाँ टीएमएस खरिद गरेका छन् । करिब ३ दर्जन ब्रोकर कम्पनी डिजीहबबाटै टिएमएस खरिद गर्न सहमत पनि भएका छन्।

हालको टिएमएसबाट सेयर किनबेच आदेश दिने सामान्य काम मात्रै हुँदै आएको छ। ब्रोकरहरूले सञ्चालनमा ल्याउने भनिएको टिएमएसमा केही नयाँ विशेषता पनि हुनेछन्।

नेपालमा नेप्सेले अस्थायी रूपमा ब्रोकर कम्पनीलाई टीएमएस दिँदै आएको थियो । अब ब्रोकर कम्पनीहरूको आफ्नै टीएमएस प्रयोग हुन थालेपछि आधुनिक प्रविधि अवलम्बनमा प्रतिस्पर्धा हुन गई ग्राहकले स्तरीय सेवा पाउनक्ने विश्वास गरिएको छ।

ब्रोकर कम्पनीको नयाँ टिएमएस मोबाइल एप भर्सनमा पनि उपलब्ध हुनेछ। यो मोबाइल एप, डेस्कटप र वेब गरी तीनै भर्सनमा उपलब्ध रहनेछ।

यस्तै लगानीकर्ताले कुनै सेयर अहिले बिक्री गरेको छ भने केही समयमै त्यो बराबरको रकम लगानीकर्ताको खातामा धरौटीको रूपमा देखिनेछ। लगानीकर्ताले सो रकमबाट तुरून्तै सेयर किन्न सक्नेछ। अहिले जसरी धरौटी थपिरहनु पर्ने छैन।

ग्राहकले कारोबारका लागि टीएमएस चलाउँदा कुनै शुल्क बुझाउन पर्नेछैन।

त्यस्तै नयाँ टिएमएसमार्फत ग्राहकले आफूले गरेको कारोबार विवरण, भुक्तानी लिन/दिन बाँकी रकमको हिसाबकिताब सही रूपमा हेर्न पाउनेछन् । हाल आफ्नो हिसाबकिताब विवरण ब्रोकर कम्पनीसँगै माग्नुपर्ने बाध्यता लगानीकर्तामा छ ।

त्यस्तै, यस्तो एउटै टिएमएसमा परिवारका टिएमएस खाता समेत आबद्ध गरेर उनीहरूकै नाममा समेत कारोबार गरिदिन सकिनेछ। अहिले हरेकले अलगअलग टिएमएस खोलेर किन्ने बेच्ने गर्नुपर्ने बाध्यता छ। यसको लागि भने ब्रोकरको अनुमति आवश्यक पर्छ।

नयाँ टिएमएसमार्फत तथ्यांकीय रूपमा पनि विभिन्न कम्पनीको एनलाइसिस गर्न सकिने छ। प्राविधिक विश्लेषणका विभिन्न टुल्स यसमा उपलब्ध हुनेछन्।

टिएमएसमा कुनै समस्या देखिए तुरुन्तै समाधान गर्न मिल्नुका साथै आफूले चाहे अनुसार ब्रोकर कम्पनीले नै यसको स्तरोन्नति गर्नसक्ने छन्।

नयाँ टीएमएसमा ब्याकअप कारोबार समेत जोडिने भएकाले वास्तविक हिसाबकिताब एउटै प्लेटफर्ममा देखिनेछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार