Nepal Life

नेप्से सूचक ५६ अंकले बढ्दा यि हुन् सर्वाधिक धेरै बढेका १० कम्पनी

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 15:19
नेप्से सूचक ५६ अंकले बढ्दा यि हुन् सर्वाधिक धेरै बढेका १० कम्पनी
Sanima Reliance

काठमाडौं । आइतबार नेप्से सूचक ५६ अंक भन्दा धेरैले सुधार भयो । सूचक सँगै कारोबारमा पनि आज सुधार देखिएको छ । सूचक र कारोबार दुबै बढ्दा आज सबैभन्दा धेरै ङादी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ३० रुपैयाँले बढेर ३३५ रुपैयाँ कामय भएको छ ।

NIMB

त्यस्तै मध्ये भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा पनि ९.७६ प्रतिशतले सुधार भएको छ । कम्पनीको शेयर मूल्य ३२ रुपैयाँले बढेर ३६० रुपैयाँ कायम भएको छ । त्यस्तै इष्ट्रन हाइड्रोपावरको शेयर मूल्य ९.६८ प्रतिशतले बृद्धि हुँदा प्रति कित्ता ८८ रुपैयाँले बढेर ९९७ रुपैयाँ कामय भएको छ ।

गुडविल फाइनान्सको शेयर मूल्य ९.२७ प्रतिशतले बढ्दा प्रति कित्ता ९२ रुपैयाँले बढेर १०८४ रुपैयाँ कामय भएको छ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ८.१४ प्रतिशतले बढे ३१९ रुपैयाँ कामय भएको छ । समृद्धि फाइनान्सको शेयर मूल्य ४८ रुपैयाँले बढ्दा ७.९२ प्रतिशतको सुधार देखिएको छ । लगातार घटिरहेको नेपाल लाइफनान्सको शेयर मूल्यमा पनि १०६ रुपैयाँले बढे१४९४ रुपैयाँ कायम भएको छ । वेष्ट फाइनान्सको शेयर मूल्य ७.६२ प्रतिशतले बढेर ६२३ रुपैयाँ कामय भएको छ ।

सर्वाधिक धेरै बढ्ने अर्को कम्पनीमा साहस उर्जा पनि एक हो । कम्पनीको शेयर मूल्य ३४ रुपैयाँले बढेर ४८९ रुपैयाँ पुगेको छ । र १० नम्बरमा रहेको प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य ७.३५ प्रतिशतले बढेर ६४३ रुपैयाँ कायम भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया