Nepal Life

गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगितामा महिला तर्फ राष्ट्र बैंक र पुरुष तर्फ एभरेष्ट बैंक विजयी

NMB Bank
  • BFIS News
  • 2024 Oct 06 21:07
गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगितामा महिला तर्फ राष्ट्र बैंक र पुरुष तर्फ एभरेष्ट बैंक विजयी
National Life

काठमाडौं । पोखरामा आयोजना भएको पाँचौ संस्करणको गण्डकी प्रदेशस्तरीय अन्तरबैंक फुटसल टुर्नामन्ट २०८१ को महिला तर्फ नेपाल राष्ट्र बैंक र पुरुष तर्फ एभरेष्ट बैंकले उपाधी जितेका छन् ।

Shikhar
NIMB

उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुषतर्फ ३० समुह र महिला तर्फ १७ समुह गरी कुल ४७ समुहको सहभागिता रहेको थियो । पोरखाको गणेशटोल स्थित स्पोर्टसक्यासलको फुटसल मैदानमा आयोजित प्रतियोगिता असोज १७, १८ र १९ गते गरी तीन दिनसम्म चलेको थियो । नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रिय समितिका महासचिव कृष्ण प्रसाद खराल प्रतियोगिताको प्रमुख अतिथि थिए ।

प्रतिगोगिताको महिलातर्फको फाइनल खेलमा नेपाल राष्ट्र बैंकले नविल बैंकलाई १-० गोलअन्तरको नतिजा सहित विजेता बन्न सफल भएको हो । त्यस्तै पुरुष समुह तर्फ एभरेष्ट बैंक र कृषि विकास बैंकको फाइनल खेलको निर्धारित समय सम्म १-१ को बराबरी भई एभरेष्ट बैंकले कृषि विकास बैंकलाई टाइ ब्रेकरमा जित हासिल गरी प्रतिगोगिताको विजेता बन्न सफल भएको हो ।

 प्रतियोगितामा महिला समुह तर्फ नेपाल राष्ट्र बैंककी मनिषा कुँवर र विनिता पराजुली तथा नविल बैंककी कुसुम सारु मगरले क्रमशः उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधी जित्न सफल भएका थिए । प्रतियोगिताको पूरुषतर्फ कृषि विकास बैंकका जिवनराज बमले उत्कृष्ट खेलाडी, गरिमा विकास बैंकका सुरेश थापाले सर्वाधिक गोलकर्ता तथा एभरेष्ट बैंकका सुवास काफ्लेले उत्कृष्ट गोरक्षकको उपाधी जित्न सफल भएका थिए ।

प्रतियोगिताको पुरस्कार विवतरण समारोहमा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक विना ढकाल पौडेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रिय समितिका महासचिव कृष्ण प्रसाद खराल, नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका उपनिर्देशकहरु रञ्जना शर्मा, ऋषिराम ढकाल, सुदीप त्रिमाठी तथा बैंकर्स एसोसिएसन गण्डकी प्रदेश कमिटीका संयोजक हरी ढकालको उपस्थिति रहेको थियो । उक्त पुरस्कार वितरण समारोहको अध्यक्षता नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष अर्जुनराज तिवारीले गरेका थिए भने सञ्चालन उपाध्यक्ष जितेन्द्रराज शाक्यले गरेका थिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया