Nepal Life

बाढी पहिरोले क्षति पुर्याएका दाबीलाई द्रुत गतिमा भुक्तानी गर्दै शिखर इन्स्योरेन्स, ठुला बीमामा अग्रिम भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Mon 05:45
बाढी पहिरोले क्षति पुर्याएका दाबीलाई द्रुत गतिमा भुक्तानी गर्दै शिखर इन्स्योरेन्स, ठुला बीमामा अग्रिम भुक्तानी
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आश्विन ११ गतेदेखि देशभर परेको अविरल वर्षा, वाढी र पहिरोको कारण परेका दाबीलाई द्रुत गतिमा भुक्तानी सुरु गरेको छ । कम्पनीले सानो तथा सरल किसिमको दाबीलाई तत्काल भुक्तानी गर्ने गरी काम गरेको हो ।

NIMB

यस क्रममा बीमा दाबीको रकम यकिनका लागि क्षति भएको सम्पत्तिको मर्मत (reinstate) गर्न, आवश्यक कागजात तयार /संकलन गर्न तथा सर्भे गर्न समय लाग्ने ठूला बीमा दाबीको हकमा कम्पनीबाट प्रचलित व्यवस्था बमोजिम अग्रिम दाबी भुक्तानी गर्दै आइरहेको कम्पनीले जनाएको छ । कम्पनीले बीमितहरुलाई अग्रिम दाबी भुक्तानी प्राप्त गर्नका लागि कम्पनीका सम्बन्धित प्रतिनिधि, सर्भेयरसंग तथा सम्पर्कका लागि दिएका नम्बर मार्फत जानकारी दिन अनुरोध गरेको छ ।

प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम कम्पनीमा ३२२ वटा दाबी पर्न सक्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । कम्पनीमा ४६ करोड ५८ लाख रुपैयाँको दाबी पर्न सक्ने अनुमान छ । कतिपय क्षेत्रमा तहसनहज पारेकाले यस्तो रकम बढ्न सक्नेछ । खोला किनारामा रहेका संरचना तथा गोदाममा ठुलो क्षति पुगेको छ । खोला किनारामा रहेका कन्स्ट्रक्सनको ठुला ठुला इक्विपमेन्टमा पनि ठुलो क्षति पुगेको हुँदा यसको भार पनि बीमा कम्पनीमा पर्न सक्नेछ । जलविद्युत आयोजनामा अर्बौको क्षति भएको हुँदा बीमाको दायरामा रहेका जलविद्युत कम्पनीबाट पनि क्षतिको दाबी पर्नेछ ।

यस्तो विषम परिस्थितिलाई मध्यनजर गर्दै शिखरले दाबी भुक्तानीलाई प्राथमिकता दिएको छ । साना साना बीमामा खासै ठुलो समस्या नहुने भएकाले यस्ता दाबीको द्रुत गतिमा फर्छ्यौट गर्ने र ठूला दाबीलाई प्रक्रियागत रुपमा अगाडी बढाउने नीति लिएको हो । प्रक्रियामा जादा दाबी पाउन समय लाग्ने भएकाले नियम अनुसार निश्चित रकम अग्रिम फर्छ्यौट गर्ने र बाँकी रकम पुर्ण रुपमा प्रतिवेदन आए पछि भुक्तानी गर्ने निति लिएको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया