सिद्धार्थ बैंकद्वारा कासगर समुदायका महिलाहरूलाई सिलाई–कटाई मेसिन हस्तान्तरण
- BFIS News
- 2026 Apr 01 16:26
सिद्धार्थ बैंक लिमिटेडले कैलाली र बाँके जिल्लाका गरिब, विपन्न तथा सीमान्तकृत कासगर समुदायका महिलाहरूलाई सिलाई–कटाई मेसिन हस्तान्तरण गरेको छ ।
गरिब, विपन्न तथा सीमान्तकृत कासगर समुदायका महिलाहरूको आयआर्जन र आत्मनिर्भरता बढाउने उद्देश्यसहित बैंकले चैत्र ८ गते कैलालीमा र चैत्र १० गते बाँकेमा छुट्टाछुट्टै कार्यक्रम गर्दै सिलाई–कटाई मेसिनहरू हस्तान्तरण गरेको हो।
कैलालीमा ५ जना महिलालाई र बाँकेमा १० जना महिलालाई गरी कुल १५ वटा मेसिन प्रदान गरिएको छ।
सिद्धार्थ बैंकका प्रतिनिधिहरूका अनुसार, यी मेसिनहरूले महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्न सहयोग पुर्याउनेछ। महिलाहरूले सिलाई–कटाई व्यवसायमार्फत लुगा सिलाउने, मर्मत गर्ने र अर्डर अनुसार काम गरी नियमित आम्दानी गर्ने अवसर पाउने छन्।
यसले परिवारको आर्थिक अवस्था सुधार्ने मात्र नभई बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।बैंकले दिगो विकास लक्ष्यलाई आफ्नो उच्च प्राथमिकतामा राख्दै समाजको विकासमा योगदान पुर्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमहरू निरन्तरता दिने योजना रहेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया