Nepal Life

सानिमा लिमिटेडले आइपिओ निष्काशन गर्दै, ७५.७४ प्रतिशत लाभांशको प्रस्ताव सहित बोलायो साधारणसभा

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Mon 06:25
सानिमा लिमिटेडले आइपिओ निष्काशन गर्दै, ७५.७४ प्रतिशत लाभांशको प्रस्ताव सहित बोलायो साधारणसभा
Sanima Reliance

काठमाडौं । सानिमा लिमिटेडले ७५.७४ प्रतिशत लाभाश वितरण गर्ने तथा आइपिओ निष्काशन गर्ने प्रस्ताव सहित प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ ।

NIMB

सानिमा लिमिटेडको सञ्चालक समितिको असोज १८ गते बसेको बैठकले आगामी कार्तिक १४ गते विहा न११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराहीमा प्रथम वार्षिक साधारणसभा डाक्ने निर्णय गरेको थियो ।

साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल तथा निर्णय पारित गर्नेछ । त्यस्तै लेखापरीक्षणको प्रतिवेदन सहित २०८१ साल असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।

आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । संस्थापक शेयरधनीहरुको समुह 'क'को तर्फबाट प्रतिनिधित्व गर्ने र एक जना महिना सहित तीन जना सञ्चालकहरुको नियुक्त तथा निर्वाचन गर्ने भएको छ । त्यस्तै सञ्चालक समितिको सिफारिस बमोजिम एक जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।

सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/८१ सम्मको वितरण योग्य संचित खुद मुनाफाबाट शेयरधनीहरुका नाममा कायम शेयर बापत भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्ने गरी चुक्ता रकमको ७५.७४ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ ।

कम्पनीको शेयरको सार्वजनिक निष्काशन गर्ने प्रक्रियाका वारेमा पनि साधारणसभामा छलफल गरिने भएको छ । कम्पनीको शेयरको सार्वजनिक निष्काशनबाट प्राप्त हुने कुल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीतिहरु निर्धारण गर्ने प्रस्ताव उपर छलफल गर्ने भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया