Nepal Life

प्रभु बैंकले चितवनमा सुरु गर्‍यो दोस्रो एजुकेसन हब, विदेश पढ्न जानेलाई ५ दिनमै कर्जा उपलब्ध गराउने

NMB Bank
  • BFIS News
  • 2024 Oct 07 06:39
प्रभु बैंकले चितवनमा सुरु गर्‍यो दोस्रो एजुकेसन हब, विदेश पढ्न जानेलाई ५ दिनमै कर्जा उपलब्ध गराउने
National Life

काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ऋण सहजताका लागि प्रभु बैंकले एजुकेसन हबको सुरुवात गरेको छ। बैंकले चितवनको नारायणगढमा हबको सुरुवात गरेको हो।

Shikhar
NIMB

बैंकले चितवनबाट शैक्षिक कर्जाका लागि काठमाडौं धाउनु पर्ने बाध्यतालाई समाधान गर्न चितवनमै सहज हिसावले कर्जा उपलब्ध गराउने उद्देश्यका साथ यस्तो हबको सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार यस सेवाबाट विद्यार्थी, अभिभावक, शैक्षिक परामर्श संस्थालाई वित्तीय प्रक्रियाका लागि सहज र सरल सेवा मिल्नेछ।

चितवन र यस वरपरका जिल्लाका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै सेवा सुरु भएको बैंकले जनाएको छ । एजुकेसन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेसन हब अथवा प्रभु बैंकको जुनसुकै शाखाबाट सेवा लिन सक्ने बैंकले जनाएको छ । 

विद्यार्थीहरूले डकुमेन्ट पुरा गरेको अधिकतम ५ दिन भित्र कर्जा प्राप्त गर्न सक्ने भएका छन् । यसका लागि बैंकले अलग्गै कर्मचारीहरू खटाइएको छ । बैंकले यसअघि यो सेवा गण्डकी प्रदेशमा सुरु गसिकेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया