एभरेष्ट बैंकले साधारणसभाको भोलिपल्टै शेयरधनीको खातामा पठायो नगद लाभांश, शेयरधनीले पाए दशै खर्च
- BFIS News
- 2024 Oct Mon 13:26
काठमाडौं । एभरेष्ट बैंकले साधारणसभा सम्पन्न भएको भोलिपल्टै अर्थात आज शेयरधनीको खातामा नगद लाभांश पठाएको छ । बैंकले दशैको पुर्व सन्ध्यामा लगानीकर्ताको खातामा पैसा पठाएको हो । बोनस शेयर भने दशै पछाडी मात्रै डिम्याट खातामा पठाउने बैंकको तयारी छ ।
डिम्याट खातामा बैंक खाता अध्यावधिक हुने लगानीकर्ताको खातामा सिधै नगद जम्मा हुने व्यवस्था छ । बैंकले हिजो मात्रै ३० औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २०८० ०८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.५३ प्रतिशत नगद लाभांश गरि कुल १५.५३ प्रतिशत लाभांश दिएको छ ।
दशैंअघि लाभांश वितरण गर्ने २० वाणिज्य बैंक मध्ये एभरेष्ट बैंक पहिलो बनेको छ । केहि बैंक साधारणसभा गर्दैछन् भने केहिले अहिलेसम्म सुरसार नै गरेका छैनन् । दशै तिहार पछि भने बाणिज्य बैंकहरुको लाभांशको लहर चल्ने निश्चित छ ।
प्रतिक्रिया