NIMB Header 2
Nepal Life

प्रभु ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख हस्तान्तरण

National Life
  • BFIS News
  • 2024 Oct 07 14:26
प्रभु ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख हस्तान्तरण
Sanima Reliance

काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवी प्रसाद भट्टचनले यही अजोज ११ देखि १३ गतेसम्म गएको बाढी पहिरोमा परेका पीडितहरुको उद्धार राहत वितरणको लागि एक करोड ७५ लाख रुपैयाँ आज हस्तान्तरण गरेका छन् ।

Shikhar
NIMB

ग्रुपका अध्यक्ष भट्टचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । त्यस्तै अर्को चेकमार्फत ७५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

सो रकम हस्तान्तरण कार्यक्रममा प्रभु इन्स्योरेन्सका सिईओ संचित बज्राचार्य, प्रभु बैंकका सिईओ अशोक शेरचन, प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षा भट्टचन, प्रभु इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजेन्द्र मल्ल तथा सिईओ सन्तोष प्रसाई लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सहयोग रकम ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बिपदको बेलामा सहयोग गर्ने भावनाको उच्च कदर गर्दै आभार व्यक्त गरेको प्रभु ग्रुपले जनाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया