Nepal Life

धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने पहिलो ब्रोकर लाइसेन्स सनि सेक्युरिटिजलाई

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 17:10
धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने पहिलो ब्रोकर लाइसेन्स सनि सेक्युरिटिजलाई
Sanima Reliance

काठमाडौं । सनी सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ४२) ले धितोपत्र बोर्डबाट बुधबार धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने पहिलो धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्राप्त गरेको छ । विद्यमान ब्रोकरहरु मध्ये सनि सेक्युरिटिज पहिलो पुर्ण कार्य गर्ने ब्रोकर कम्पनी बन्न सफल भएको छ । 

NIMB

पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्तभएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जिन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउनेछ ।

२०६४ सालमा १ करोड ६० लाख चुक्ता पुँजीबाट आफ्नो कारोबार सुरु गरेको कम्पनीले आवश्यकताअनुसार चुक्तापुँजी वृद्धि गर्दै हाल ६० करोड पुर्‍याएको छ । यससँगै कम्पनीले सूचना प्रविधिमा लगानी विस्तार गर्दै मुलुकका ७ वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया