Nepal Life

दशै अगाडी शेयर बजारमा रौनक, ट्रेडरले पैसा बनाउदै तीन हजारमा फसेकाले पोर्टफेलियो फर्काउदै

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Mon 15:07
दशै अगाडी शेयर बजारमा रौनक, ट्रेडरले पैसा बनाउदै तीन हजारमा फसेकाले पोर्टफेलियो फर्काउदै
Sanima Reliance

काठमाडौं । यस पालिको दशै अगाडी शेयर बजारमा रौनक देखिएको छ । पछिल्लो १० दिनमा नेप्से सूचक २२५ अंक भन्दा धेरैले सुधार भइसकेको छ । नेप्से सूचक ३ हजारबाट २४६४ अंकसम्म तल झर्यो । यस अवधिमा तीन हजारको हाराहारीमा शेयर खरिद गर्नेहरु नराम्रो सँग नोक्सानमा देखिए । 

NIMB

नेप्से सूचक २ हजार हुँदै प्रवेश गर्नेहरुले भने तीन हजार पुग्दा राम्रै पैसा कमाए । कतिपयले बजारबाट राम्रो पैसा कमाए पनि ठुलो कारोबार उधारोमै हुँदा ब्रोकरलाई अझै पनि उधारो कारोबार व्यवस्थापन गर्न गाह्रो परिरहेको छ । ब्रोकरले उधारो कारोबार सल्टाउन दिएको दवावले नेप्से सूचक २४ सयसम्म झर्न पुग्यो । 

यहि कारणले गर्दा दोस्रो बजारमा ३० अर्ब भन्दा माथिको खरिद बिक्री भयो । यसमा ठुलो हिस्सा उधारो कारोबारकै रहेको ब्रोकरहरु बताउछन् । अहिले फेरि ब्रोकरले कारोबार रकम बढाउन विस्तारै उधारोमा शेयर खरिद बिक्री गर्न दिन थालेका छन् । बजार बढ्ने अवस्था रह्यो भने ब्रोकरले लगानीकर्ताको अवस्था हेरेर लिमिट दिने गरेका छन् । यदि बजार घट्ने अवस्था देखियो भने ब्रोकरले पनि लिमिटमा कडाइ गरिदिने गरेका छन् । यसले पनि बजारलाई नराम्रो सँग प्रभावित पारिरहेको छ । 

सोमबार नेप्से सूचक ३७.१३ अंकले सुधार भएको छ । विगत १० दिनको अवधिमा नेप्से सूचक २२६ अंकले सुधार भइसकेको छ । बजार जुन गतिमा घटेको थियो सोहि गतिमा सुधार हुन थालेको छ । आज कारोबार रकम ७ अर्ब ९ करोड नाघेको छ ।

आज फाइनान्स र उत्पादन तथा प्रशोधनमुलक कम्पनी बाहेक सबै सूचकमा सुधार देखिएको छ । आज सबैभन्दा धेरै होटल विकास बैंक र बाणिज्य बैंकको सूचकमा सुधार आएको छ । थ्रिस्टार र डोल्टी हाइड्रोपावरको शेयर मूल्यमा लगभग सर्किट लागेको छ । कारोबारका हिसावले हेर्ने हो भने सबैभन्दा धेरै चन्द्रागिरी हिल्सको २६ करोड २९ लाखको खरिद बिक्री भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया