NIMB Header 2
Nepal Life

दसैमा नोटको जतन गर्न राष्ट्र बैंकको आह्वान, 'जल अक्षता अबिर नलाग्ने गरि प्रयोग गर्नु पर्ने'

National Life
  • BFIS News
  • 2024 Oct 08 07:34
दसैमा नोटको जतन गर्न राष्ट्र बैंकको आह्वान, 'जल अक्षता अबिर नलाग्ने गरि प्रयोग गर्नु पर्ने'
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैमा नोटको जतन गर्न सबैलाई आह्वान गरेको छ । सफा र सुकिला बैंक नोट मात्रै चलनचल्तीमा ल्याउने उद्देश्यले यस पटक राष्ट्र बैंकले नयाँ नोट प्रचलनमा नल्याएको स्पष्टिकरण दिएको छ ।

Shikhar
NIMB

सफा तथा सुकिल नोटको प्रयोगले लेनदेनमा सहजता हुनुका साथै किटाणुद्धारा स्वास्थ्यमा हुने जोखिमसमेत न्यूतीकरण गर्न सकिन्छ । नोटहरु जनत गरी प्रयोऊ गरेमा नोटको आयु लम्बिन गई नोट छपाइको आर्थिक भारसमेत कम हुने राष्ट्र बैंकले जनाएको छ । नोट हाम्रो सम्भताको पहिचान पनि भएकाले यसलाई जनतसाथ प्रयोग गर्नु हामी सबैको कर्तव्य हो ।

दसैमा देवीको प्रसादको रुपमा टीका, जमरासँगै दक्षिणाको लागि बैंकनोट प्रयोग गर्दा जल, चन्दन, अक्षता, अबिर आदि नलाग्ने गरी होसियारीपुर्वक प्रयोग गर्न राष्ट्र बैंकले अनुरोध गरेको हो । विजया दशमी २०८१ हर्षोल्लासका साथ मनाउँदै गर्दा नोटको जनतसाथ प्रयोग गर्नुका साथै दक्षिणा दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

हरेक वर्ष दशै अगाडी नयाँ नोट प्रचलनमा ल्याउने राष्ट्र बैंकले यसपटक भने नयाँ नोट वितरण नगरी पुरानै सुकिला नोटलाई प्रचलनमा ल्याउन बाध्य बनाएको छ । दशैको समयमा नयाँ नोट प्रचलनमा ल्याउदा अधिकाम्स नोट अविर अक्षताका कारण बिग्रिने भएकाले यसलाई निरुत्साहित गर्ने नीति लिएको हो । कतिपयले यस पटक राष्ट्र बैंकले नयाँ नोट छाप्न नपाएका कारण पुराना सुकिला नोट प्रचलनमा ल्याएको आरोप लगाउने गरेता पनि राष्ट्र बैंकले भने नोटको आयु बढाउन यस्तो नीति लिएको स्पष्ट पार्दै आएको छ ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया