Nepal Life

डिजिटल दक्षिणामा नेपाल राष्ट्र बैंकको जोड बल, दशै भरिका लागि मोबाइल वालेटको सिमा बढाइयो

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 14:33
डिजिटल दक्षिणामा नेपाल राष्ट्र बैंकको जोड बल, दशै भरिका लागि मोबाइल वालेटको सिमा बढाइयो
Shikhar detail

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको वडा दशै २०८१ मा डिजिटल दक्षिणाको लागि विशेष जोड बल गरेको छ । डिजिटल दक्षिणाका लागि जोडबल गर्दै राष्ट्र बैंकले यस वर्ष नयाँ नोटको वितरणमै रोक लगायो । 

NIMB

दशै भरका लागि राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेको मोबाइल वालेटको सिमा पनि बढाएको छ । वडा दशैको शुभ अवसरमा यहि कार्तिक २१ गतेदेखि कार्तिक एक गतेसम्म अस्थायी रुपमा वालेटको सिमा बढाएको हो । 

यस सँगै प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढिमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ । यस अवधिमा भएको कारोबार संख्या र कारोबार रकमको विवरण उपलब्ध गराउन भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया