Nepal Life

२२५ अंकको सुधारमा २७ अंकको करेक्सन, दशै अगाडी नाफा बुक सँगै व्याज र किस्ताको जोहो

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 15:14
२२५ अंकको सुधारमा २७ अंकको करेक्सन, दशै अगाडी नाफा बुक सँगै व्याज र किस्ताको जोहो
Sanima Reliance

काठमाडौं । लगातार १०/१२ दिनमा नेप्से सूचक २२५ अंकले सुधार हुँदा मंगलबार २७ अंकले करेक्सन भएको छ । बजारमा एकोहोरो सुधार हुनुलाई राम्रो मानिदैन । 

NIMB

दशै अगाडको रौनकबाट लगानीकर्ताहरुले आज दशै खर्च र पहिलो त्रैमाशको लागि व्याज र किस्ता जोहो गरेका छन् । यति मात्रै नभएर यस अवधिमा आर्जन भएको नाफालाई पनि लगानीकर्ताले बुक गरेका हुन् । 

आज नेप्से सूचक २७.३९ अंकले घट्दा २६६३.२६ अंकमा रोकिएको छ । सूचकमा गिरावट आउदा कारोबार रकम पनि ४ अर्ब ५९ करोडमा सिमित भएको छ । हिजो सोमबार ७ अर्ब नाघेको थियो । 

आज सबैभन्दा धेरै फाइनान्समा गिरावट आएको छ भने अन्य सूचकमा समानस्तरको गिरावट देखिन्छ । एनएलजी इन्स्योरेन्स कम्पनीका शेयरधनीले नाफा बुक गर्दा आज सर्वाधिक धेरै कारोबार भएको छ । जुन जुन कम्पनीको अधिक कारोबार हुन्छ प्राय त्यस्ता कम्पनीमा ठुला लगानीकर्ताले नाफा बुक गरेका हुन्छन् । अर्को तर्फ भर्खर चलेका कम्पनीमा पनि अधिक कारोबार हुने गरेको पाइन्छ । मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा सर्वाधिक धेरै सुधार हुँदा सकारात्मक सर्किट लागेको छ । दशैको पुर्वसन्ध्यामा पनि शेयर बजार तल्लो विन्दुमै रहेकाले पनि लगानीकर्ताहरु अवसर कुरेर बसिरहेका छन् । दशै पछि बजार बढ्ने लगानीकर्ताको अपेक्षा छ । 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया