Nepal Life

शेयरधितो कर्जामा राष्ट्र बैंकको कडाइ, ०.५ प्रतिशत भन्दा माथिका आधारभुत शेयरधनीले समेत सोहि बैंकबाट शेयरधितो कर्जा लिन नपाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 21:45
शेयरधितो कर्जामा राष्ट्र बैंकको कडाइ, ०.५ प्रतिशत भन्दा माथिका आधारभुत शेयरधनीले समेत सोहि बैंकबाट शेयरधितो कर्जा लिन नपाउने
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जामा थप कडाइ गरेको छ । इजाजतपत्रप्राप्त संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरेको हो ।

NIMB

यो व्यवस्था सँगै चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी सेयरधारण गरेका सेयरधनीहरुको विवरण इजाजतपत्रप्राप्त संस्थाले अर्धवार्षिक रुपमा सम्बन्धित सुपरिवेक्षण विभागसमक्ष पेश गर्नुपर्ने भएको छ । कर्जा तथा गैरकोषमा आधारित सुविधा प्रदान गर्न बन्देज गरिएको छ ।

सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नु पर्नेछ । इजाजतपत्रप्राप्त संस्थाले Margin Call गर्नेतथा थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ । Margin Call गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिनेछ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया