Nepal Life

सुनचाँदी धितोमा राखेर ५० लाखसम्म मात्रै कर्जा प्रवाह गर्न पाउने

NMB Bank
  • BFIS News
  • 2024 Oct 08 21:55
सुनचाँदी धितोमा राखेर ५० लाखसम्म मात्रै कर्जा प्रवाह गर्न पाउने
National Life

काठमाडौं । बैंक वित्तीय संस्थाले सुनचाँदी धितोमा राखेर ५० लाखसम्म मात्रै कर्जा प्रवाह गर्न पाउने भएका छन् । कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा त्यस्तो ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी जाँच गरी कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

Shikhar
NIMB

यसरी कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ । कथंकदाचित्कुनै ऋणीले दिएको एकभन्दा बढी थैलीहरु वा एकभन्दा बढी थैलीहरु राखिएको एउटा थैलीमात्र धितो राखी वा सुनचाँदीको परीक्षण जाँच नगरी सुनचाँदी धितो कर्जा प्रवाह भएमा त्यस्तो कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ ।

यस प्रकारको सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा रु. ५० लाख कायम गरिएको छ । यस अघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्नेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया