Nepal Life

सन लाइफ सुनौलो बाल समृद्ध जीवन बीमा योजना, बालबालिका र प्रस्तावक दुबै एकै पटक सुरक्षित

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 07:52
सन लाइफ सुनौलो बाल समृद्ध जीवन बीमा योजना, बालबालिका र प्रस्तावक दुबै एकै पटक सुरक्षित
Sanima Reliance

काठमाडौं । हरेक दम्पत्तीले आफ्ना बालबालिकाको सुनौलो र समृद्ध भविष्यको कल्पना गरेका हुन्छन् । यसका लागि बालबालिकाको नाममा बचत गरिदिनेदेखि लिएर विभिन्न कोष निर्माण गर्दछन् । आफुले आघात माया गर्ने छोरा छोरीको सुरक्षित भविष्यका लागि बीमा सबैभन्दा उपयुक्त औजार हो ।

NIMB

सुनौलो बाल समृद्ध जीवन बीमा योजना

बालबालिकाको उज्जवल भविष्यलाई सुरक्षित गर्न सन नेपाल लाइफको सुनौलो बाल समृद्ध जीवन बीमा योजना । आजको आवश्यकता, जसले तपाईँका बालबालिका र प्रस्तावक दुवैको सुरक्षा र समृद्धि  सुनिश्चित गर्छ।

सुनौलो बाल समृद्ध जीवन बीमा योजना एक नवीन जीवन बीमा योजना हो जसले बालबालिका र प्रस्तावक (बुवा वा आमा) दुबैलाई बीमा सुरक्षा प्रदान गर्छ। यस योजनाको विशेषताहरु निम्न छन्:

प्रवेश उमेर:

- बालबालिकाको प्रवेश उमेर: ३१ दिनदेखि १७ वर्षसम्म।

- प्रस्तावकको प्रवेश उमेर: १८ वर्षदेखि ५५ वर्षसम्म।

- प्रस्तावकको अधिकतम उमेर परिपक्वता अवधिमा: ६५ वर्ष।

- बालबालिकाको अधिकतम उमेर परिपक्वता अवधिमा: २५ वर्ष।

बिमाङ्क रकम: न्यूनतम रु. २,००,००० देखि अधिकतम नियम अनुसार।

यस बीमा योजनाको फाइदाहरु:

१. Lumpsum Death Benefit: प्रस्तावकको जुनसुकै समयमा मृत्यु भएमा तत्काल बीमांक रकम उपलब्ध गराइन्छ।

२. Premium Waiver Benefit and Monthly Income Benefit (MIB):  बीमाशुल्क छुट तथा मासिक आय सुविधा: यस सुविधा अन्तर्गत प्रस्तावकको मृत्यस भएको खण्डमा बीमांक रकमको २ प्रतिशत सम्मको रकम मासिक आय सुविधा अन्तर्गत बीमित बालबालिकाले प्राप्त गर्दछ । साथै बीमालेख अन्तर्गत त्यसपछि बुझाउनु पर्ने सम्पूर्ण बीमाशुल्क तिर्न नपर्ने गरी बीमालेख छुट सुविधा प्राप्त गर्न सकिन्छ । बीमालेख समाप्तीमा नियमानुसारको बीमांक रकम र बोनस प्रदान गरिन्छ ।

मृत्यु लाभ:

क. प्रस्तावकको मृत्यु भएको अवस्थामाः

प्रस्तावकको मृत्यु बीमा अवधिभन्दा अघि भएमा, Lumpsum Death Benefit अन्तर्गत बिमाङ्क रकम र आर्जित  बोनस लाभग्राहीलाई प्रदान गरिन्छ।

ख. बालबालिकाको मृत्यु भएको अवस्थामाः

- जोखिम अवधि सुरु हुनु अघि बालबालिकाको मृत्यु भएमा भुक्तानी गरिएको सम्पूर्ण बीमा शुल्क फिर्ता गरिनेछ र योजना रद्ध हुनेछ।

- जोखिम अवधि सुरु भएपछि बालबालिकाको मृत्यु भएमा, बिमाङ्क रकमको २५% र आर्जित बोनस वा भुक्तानी गरिएको बिमाङ्क रकम (जुन उच्च हुनेछ) प्रदान गरिनेछ र बीमालेख समाप्त हुनेछ।

ग. बालबालिका र प्रस्तावकको एकै समयमा मृत्युको घटनामा:

Lumpsum Death Benefit + बिमाङ्क रकमको २५%।

घ. प्रस्तावकको मृत्युपछि बालबालिकाको मृत्युको घटनामा:

बिमाङ्क रकमको २५% संचित बोनससहित वा जम्मा भुक्तानी गरिएको प्रिमियम (जुन उच्च हुनेछ)।

थप विशेष सुविधा:

यस बीमा योजनामा ५० लाखसम्मको दुर्घटना मृत्यु लाभ र १८ विभिन्न गम्भीर रोगहरुमा ५० लाखसम्मको गम्भीर रोग लाभको सुविधा पनि समावेश गरिएको छ।

निष्कर्ष

सुनौलो बाल समृद्ध जीवन बीमा योजना तपाईको बालबालिकाको सुरक्षित भविष्य र तपाईको परिवारको आर्थिक सुरक्षाका लागि उत्कृष्ट बीमा योजना हो। यसले परिवारलाई प्रस्तावकको मृत्युको घटनामा आवश्यक आर्थिक सहायता प्रदान गर्नुका साथ साथै आर्थिक स्वतन्त्रता पनि सुनिश्चित गर्छ । जसलाई बालबालिकाको उच्च शिक्षा, नयाँ व्यवसाय सुरु गर्न कोष, वा अन्य महत्त्वपूर्ण जीवनका लक्ष्यहरू पुरा गर्न प्रयोग गर्न सकिन्छ । दुर्घटना मृत्यु लाभ र गम्भीर रोग कवरेजले यस योजनालाई अझ परिस्कृत र व्यापक बनाएको छ । आजै आफ्नो बालबालिकाको उज्जवल भविष्य सुनिश्चित गर्न यो योजना रोज्नुहोस् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया