Nepal Life

बैंकहरुले प्रदेश र शाखा कार्यायमा पनि सूचना अधिकारीको व्यवस्था गर्नु पर्ने, सूचनाको अभिलेख राख्न निर्देशन

NMB Bank
  • BFIS News
  • 2024 Oct 09 11:53
बैंकहरुले प्रदेश र शाखा कार्यायमा पनि सूचना अधिकारीको व्यवस्था गर्नु पर्ने, सूचनाको अभिलेख राख्न निर्देशन
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदेश र शाखा कार्यालयहरुमा पनि सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन परिमार्जनमार्फत यस्तो व्यवस्था गरेको हो ।

Shikhar
NIMB

बैंक तथा वित्तीय संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका अन्य व्यवस्था कार्यान्वयनका लागि सूचना अधिकारी तोक्नुपर्ने तथा कानुन बमोजिम माग गरिएको सूचनाको अभिलेख राख्न पनि राष्ट्र बैंकले बैंकहरुलाई भनेको छ । 

‘इजाजतपत्रप्राप्त संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका अन्य व्यवस्था कार्यान्वयनका लागि आफ्नो प्रदेश कार्यालय र शाखा कार्यालयहरुमा समेत सूचना अधिकारी तोक्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ । 

यसरी कानून बमोजिम प्रदेश कार्यालय र शाखा कार्यालयहरुबाट माग गरिएको सूचनाको अभिलेख राख्नुपर्ने र यस्तो सूचना प्रत्येक ३ महिनामा अद्यावधिक गरी प्रकाशन गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया