Nepal Life

लाभांश वितरणमा राष्ट्र बैंकको कडाइ, वितरणयोग्य मुनाफालाई समेत चलाउन नदिदा सबैको लाभांश दर घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 12:39
लाभांश वितरणमा राष्ट्र बैंकको कडाइ, वितरणयोग्य मुनाफालाई समेत चलाउन नदिदा सबैको लाभांश दर घट्यो
Sanima Reliance

काठमाडौं । खराव कर्जा व्यवस्थापनमा लचिलो बनेको नेपाल राष्ट्र बैंक लाभांश वितरणमा भने झन् कठोर बनेको छ । वितरणयोग्य मुनाफाबाट लाभांश प्रस्ताव गर्ने बैंकहरुलाई समेत राष्ट्र बैंकले अनेक कारण देखाएर घटाउन लगाइरहेको छ । अहिलेसम्म लाभांश घोषणा गरेका बैंकहरुका अनुसार राष्ट्र बैंकले नसोचिएका क्षेत्रमा समेत प्रोभिजनिङ गर्न लगाएर लाभांशमा रोक लगाइरहेको छ ।

NIMB

अहिलेसम्म चार वटा बाणिज्य बैंक र ४ वटै माइक्रोफाइनान्सले लाभांश घोषणा गरेका छन् । लघुवित्त तर्फ १५ प्रतिशत भन्दा माथि लाभांश घोषणा गर्न रोक लगाइएको छ भने बाणिज्य बैंकहरुलाई वितरणयोग्य मुनाफाबाट पनि लाभांश वितरण गर्न दिइएको छ ।

अहिलेसम्म लाभांश घोषणा गर्नेहरुमा सबैभन्दा धेरै एभरेष्ट बैंकले १५.५३ प्रतिशत, सिटिजन्स बैंकले ४.२१ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५० प्रतिशत र सानिमा बैंकले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । जवकी एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा २९.८६ प्रतिशत, सानिमा बैंकको १०.४ प्रतिशत भन्दा माथि थियो ।

राष्ट्र बैंकले गएको वर्ष नै बैंकहरुलाई लाभांश वितरणमा खुला गरिएको जनाएको थियो । अहिले पनि लाभांश वितरणमा कुनै पनि रोक तथा बन्देजको अवस्था नरहेको राष्ट्र बैंकले जनाएको छ । तर अघोषित रुपमा राष्ट्र बैंकले लाभांश वितरणमा भने कडाइ गरिरहेको छ । यसको प्रमुख कारण अहिले अधिकाम्स बैंकहरुको कर्जा विग्रिएको छ । खराव कर्जा उच्च तहमा रहेका कारणले गर्दा पनि यस वर्ष लाभांश वितरणमा कडाइ गरिएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

गएको वर्ष लाभांश वितरणमा किन कडाइ गरिएको भन्दै बैंकरहरुले सोधिएको प्रश्नमा गरभर्नर महाप्रसाद अधिकारीले अहिले लाभांश वितरण गर्न नपाउदैमा नाफा हराउने हैन जगेडामा सञ्चित भएरै बस्ने भएकाले धर्य गर्न अनुरोध गरेका थिए । उनले बैंकरहरुलाई सम्झाउदै दाल कहाँ पखियो भातमा भन्दै उखान मार्फत प्रतिक्रिया समेत दिएका थिए ।

गभर्नर अधिकारीले यस पटक पनि जगेडा कोषलाई भने चलाउन दिएनन् । कोभिड १९ कै समयदेखि राष्ट्र बैंकले लाभांश वितरणमा कडाइ गर्दै आइरहेको छ । जसले गर्दा अधिकाम्स बैंकहरुको पूँजी भन्दा जगेडा कोष धेरै बनिसकेको छ । एकदमै कम जगेडा कोष हुने बैंकहरु पनि अहिले पूँजी हाराहारीकै बनाउन भ्याइसकेका छन् । तर यसले बैंकका शेयरधनीलाई भने ठुलो मर्का परेको बैंकरहरु बताउछन् ।

लामो समयदेखि आकर्षक लाभांश नपाउदा लगानीकर्ताहरु शेयर बिक्री गरेर बाहिरिने क्रम पनि बढिरहेको छ । लाभांश वितरणमा रोक लगाउदा दोस्रो बजारमा पनि बैंकहरुको शेयर मूल्यले उचित मूल्य पाउन सकिरहेको छैन । यसले गर्दा पनि बैंक वित्तीय संस्थाका लगानीकर्ताहरु निरास छन् ।

शेयरधनी निरास हुँदै गर्दा राष्ट्र बैंक पनि बैंकहरुको खराव कर्जा हेरेर निरास देखिन्छ । अहिले पनि बाणिज्य बैंकहरुको औषत खराव कर्जा ३.७६ प्रतिशत छ । त्यस्तै विकास बैंकको ३.६२ प्रतिशत, फाइनान्सको ९.८७ प्रतिशत र माइक्रोफाइनान्सको ३.८६ प्रतिशत खराव कर्जा रहेको छ । यसले गर्दा बैंक वित्तीय संस्थाले ८५ अर्ब भन्दा माथिको प्रोभिजनिङ गर्नु परेको छ । यहि प्रोभिजनिङका साथै संस्थागत सुशासनका अनेको कामहरु नगरेको भन्दै राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाइरहेको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार