Nepal Life

के–के मार्टमा नेपाल पेबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 13:05
के–के मार्टमा नेपाल पेबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक
Sanima Reliance

काठमाण्डौं । चाडपर्वको समयलाई मध्यनजर गर्दै ग्लोबल आइृएमई बैंक, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र के–के मार्टको सहकार्यमा क्यासब्याक योजना सञ्चालन गरिएको छ ।

NIMB

यस योजना अन्तर्गत सिमित समय अवधिसम्म ग्लोबल स्मार्ट प्लस तथा कनेक्ट आइपीएसका प्रयोगकर्ताहरुले के–के मार्टका सबै आउटलेटहरुमा नेपाल पे स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सो अफर यही असोज १८ देखि ३० गतेसम्म उपलब्ध हुनेछ ।

उक्त अफरमा ग्राहकहरुले अफर अवधिभरि अधिकतम प्रति खाताबाट ३ पटक सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछजन् । के–के मार्टमा Dynamic QR को रुपमा उपलब्ध रहेको नेपाल पे मा ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्टआइपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् । चाडपर्वको समयमा देशको सबै भन्दा ठूलो मध्येको एक रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

हाल नेपाल पे मोबाइल बैंकिङ्ग एप, वालेट तथा कनेक्टआइपीएसबाट स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । बैंक वित्तीय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे मा ६ लाख २५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया