Nepal Life

राष्ट्र बैंकले लाभांशमा रोक लगाउदा बैंक वित्तीय संस्थाको चुक्ता पूँजी भन्दा जगेडाकोष बलियो हुँदै, कुन बैंकको कति ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 11:34
राष्ट्र बैंकले लाभांशमा रोक लगाउदा बैंक वित्तीय संस्थाको चुक्ता पूँजी भन्दा जगेडाकोष बलियो हुँदै, कुन बैंकको कति ?
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई लाभांश वितरणमा कडाइ गर्दा अधिकाम्सको जगेडा कोष चुक्ता पूँजी भन्दा धेरै देखिन थालेको छ । राष्ट्र बैंकले कोभिड १९ पछि बैंक वित्तीय संस्थालाई लाभांश वितरणमा कडाइ गर्न सुरु गरेको थियो । यसले गर्दा विगत चार वर्षदेखि शेयरधनीहरुले आकर्षक लाभांश पाउन सकेका छैनन् ।

NIMB

कोभिड १९ को समयमा अर्थतन्त्रमा ठुलो असर पुर्याउने पुर्व अनुमान गरिएको थियो । यसले गर्दा राष्ट्र बैंकले कुनै पनि बैंक वित्तीय संस्थालाई नगद लाभांश वितरण गर्न रोक लगाएको थियो । यति मात्रै नभएर बोनस शेयर वितरणमा पनि कडाइ गरेको थियो ।

तीन वर्षको अवधिमा पुर्व अनुमान अनुरुप अर्थतन्त्रमा ठुलो आर्थिक मन्दी आयो । आर्थिक मन्दी सँगै बैंक वित्तीय संस्थाको कर्जा विग्रिदा खराव कर्जा बढिरहेको छ । गएको वर्ष लाभांश वितरणमा लगाएको प्रतिवन्दलाई खुला गरिएको भनिए पनि यस वर्ष राष्ट्र बैंकले सम्पुर्ण बैंक वित्तीय संस्थालाई विभिन्न बहानामा वितरणयोग्य मुनाफाबाट पनि लाभांशमा रोक लगाएको छ ।

गत आर्थिक वर्षमा बैंक वित्तीय संस्थाको खराव कर्जा दशककै सर्वाधिक धेरै थियो । एकदमै राम्रो मानिएका बैंकहरुले पनि कर्जा असुली गर्न नसक्दा खराव कर्जा बढ्न पुगेको हो । यसले गर्दा बैंकहरुको जगेडा कोष चुक्ता पूँजी भन्दा माथि देखिन थालेको छ । बैंक वित्तीय संस्थाको चुक्ता पूँजी ४ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा तीन खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ । कुल चुक्ता पूँजीको ८३ प्रतिशत जगेडा कोषमा हुदै गर्दा आगामी दिनमा लाभांश दिन सक्ने क्षमता बढ्दै गएको छ ।

विद्यमान अवस्थामा बैंकहरुले लाभांश दिन नसक्दा यसको प्रभाव कोषमा परेको छ । अहिले प्रोभिजनिङका कारण मुनाफा कम देखिए पनि कर्जा असुली बढ्दै जादा मुनाफा पनि बढ्दै जानेछ । अहिले लाभांशमा रोक लगाइए पनि भोलिका दिनमा लाभांश वितरणमा खुला गरियो भने बैंकहरुले बम्पर लाभांश दिन सक्ने छन् ।

कुन बैंकको चुक्ता पूँजी र जगेडा कोष कति ?

सर्वाधिक धेरै चुक्ता पूँजी रहेको ग्लोबल आइएमईको जगेडा कोषमा २५ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड हुँदै गर्दा जगेडा कोषको अनुपात ७१ प्रतिशत रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

नविल बैंकको जगेडा कोष चुक्ता पूँजी भन्दा १२० प्रतिशत बढि रहेको छ । बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रहेको छ भने जगेडा कोषमा ३२ अर्ब ५१ करोड रहेको छ । मर्जर पछि बैंकको चुक्ता पूँजी र जगेडा कोष दुबैमा उल्लेख्य बृद्धि भएको थियो ।

सरकारको पुर्ण लगानी रहेको राष्ट्रिय बाणिज्य बैंकको चुक्ता पूँजी भन्द जगेडा कोष २३८ प्रतिशत बढि रहेको छ । बैंकको चुक्ता पूँजी १५ अर्ब ६३ करोड हुँदा जगेडा कोषमा ३७ अर्ब ३६ करोड रहेको छ । नेपाल बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड रहेको छ भने जगेडा कोषमा २४ अर्ब ३८ करोड रहेको छ । जुन चुक्ता पूँजी भन्दा १६५ प्रतिशत बढि छ । सिद्धार्थ बैंक, एभरेष्ट बैंक र स्ट्यार्डर्ड चार्टर्ड बैंकको पनि जगेडा कोष चुक्ता पूँजी भन्दा धेरै छ । जुको चुक्ता पूँजी भन्दा धेरै जगेडा कोष धेरै हुन्छ त्यस्तो बैंकको शेयर मूल्य पनि धेरै माथि रहेको छ ।

पछिल्ला दिनहरूमा अर्थतन्त्रमा सुधार आउन सुरु भएको भनिएको छ । सरकारदेखि विदेशी निकायहरूले समेत अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् । वास्तवमै आगामी दिनमा सुधार आए बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा घट्नेछ  र अहिलेको सञ्चित जगेडा कोषबाट आकर्षक लाभांश दिन पाउने छन् । 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया