Sanima Reliance

साउन एक महिनामै एक खर्ब २९ अर्बको आयात, यि हुन सर्वाधिक धेरै भित्रिएका १० बस्तु

RBB
  • BFIS News
  • 2023 Aug Wed 18:46
साउन एक महिनामै एक खर्ब २९ अर्बको आयात, यि हुन सर्वाधिक धेरै भित्रिएका १० बस्तु
IME LIFE

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब २९ अर्ब रुपैयाँको बस्तु आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार एक महिनामा राज्यले उक्त सामान भित्रिए बापत ३२ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । 

असार महिनामा सर्वाधिक धेरै ७ अर्ब ३४ करोड रुपैयाँको डिजेल भित्रिएको छ । ७६ हजार ७१६ किलो लिटर भित्रिएको डिजेल मार्फत राज्यले तीन अर्ब एक करोड रुपैयाँ राजश्व असुल गरेको छ ।

दोस्रो धेरै आयात हुनेमा पेट्रोल पर्छ । पेट्रोल मात्रै ५ अर्ब ४४ करोड रुपैयाँको भित्रिएको छ । यस बापत तीन अर्ब २२ करोड राजश्व संकलन भएको छ ।

तेस्रो धेरै आयात एलपिजी ग्यास तीन अर्ब ८२ करोडको भित्रिएको छ । यस बापत राज्यले ७१ करोड २८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । चौथो धेरै फलामजन्य बस्तुहरु भित्रिएका छन् । यस्तो बस्तु तीन अर्ब ७४ करोड रुपैयाँ भित्रिएको छ । पाचौ नम्बरमा पनि यस्तै बस्तुको कच्चा पदार्थ भित्रिएको छ ।

छठौ नम्बरमा स्मार्टफोन भित्रिएका छन् । एक महिनामा एक लाख ७९ हजार वटा स्मार्टफोन भित्रिदा २ अर्ब ८६ करोड रुपैयाँ बाहिएको छ । जस बापत राज्यले ५३ करोड ४९ लाख रुपैयाँ संकलन गरेको छ । सातौ नम्बरमा कृषि जन्य बिउ भित्रिएको छ । त्यस्तै आठौ नम्बरमा मलखाद भित्रिएको छ ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया