Nepal Life

मुक्तिनाथ विकास बैंक र आइडिइ नेपाल बीच साझेदारी 

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 07:20
मुक्तिनाथ विकास बैंक र आइडिइ नेपाल बीच साझेदारी 
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंक र iDE Nepal को सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम संचालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

NIMB

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र iDE Nepal को तर्फबाट कन्ट्री डाईरेक्टर प्रजुना केसीले हस्ताक्षर गर्नु गरेका हुन् । 

उक्त सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतिहरुलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवद्र्धन गर्न सहयोग पुग्नेछ ।

दुवै संस्थाहरुको साझेदारीले वित्तीय सुधार सहितको समावेशीता, ग्रामीण विकासमा टेवा, साना किसानहरुलाई प्रोत्साहन, खाद्य सुरक्षा तथा चेतना, जलवायु परिवर्तन र गरिबी न्यूनीकरण लगायतका क्षेत्रमा योगदान दिन सकिने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया