Nepal Life

कर्जाको माग बढ्न नसक्दा बाणिज्य बैंकको व्याजदर घट्दो क्रममै, १० वटाले घटाउदा बाँकीको स्थिर

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 10:32
कर्जाको माग बढ्न नसक्दा बाणिज्य बैंकको व्याजदर घट्दो क्रममै, १० वटाले घटाउदा बाँकीको स्थिर
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंकहरुको व्याजर घट्ने क्रमले कार्तिक महिनामा पनि निरन्तरता पाएको छ । कार्तिक महिनाका लागि सार्वजनिक व्याजदरमा १० वटाले घटाएका छन् भने बाँकी सबैले स्थिर राखेका छन् । चालु आर्थिक वर्षको तीन महिनामा पनि कर्जाको माग बढ्न नसके पछि बैंकहरुले व्याजदर घटाएका हुन् ।  

NIMB

असोज महिनामा ६.३९८ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, कात्तिक महिनामा घेर ६.१८७ प्रतिशतविन्दुमा झरेको छ। असोज महिनाको तुलनामा कात्तिकमा बैंकहरुको औषत ब्याजदर ०.२१० प्रतिशतविन्दु घटेको हो।

२० मध्ये १० वाणिज्य बैंकहरुले यस्तो खाताको ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो। त्यस्तै, यस्तो खातामा ९ वाणिज्य बैंकहरुले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने एक वाणिज्य बैंकहरुले ब्याजदर बढाएको छ।

व्यक्तिगत मुद्दति निक्षेपमा असोज महिनाको तुलनामा सर्वाधिक ब्याजदर घटाउने बैंकमा सिटिजन्स बैंक र हिमालयन बैंक रहेका छन्। यी दुबै बैंकहरुले ०.७५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। ब्याजदर बढाउने बैंक भने सानिमा बैंक रहेको छ। सो बैंकले यस्तो निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दु बढाएको हो।

कात्तिक महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज माछापुच्छ्रे बैंकले दिने भएको छ भने सबैभन्दा कम ब्याज सिटिजन्स बैंकले दिने भएको छ।

निक्षेपको तुलनामा कर्जाको माग बढ्न नसक्दा बढ्दो व्याज खर्चलाई मध्यनजर गर्दै बैंकहरुले विगत दुई वर्षदेखि लगातार व्याजदर घटाउदै आइरहेका छन् । अहिले बैंकिङ प्रणालीमा ६६ अर्ब २५ अर्ब भन्दा धेरै निक्षेप रहेको छ भने कर्जा लगानी ५२ खर्ब ६७ अर्ब भन्दा धेरै छ । यस हिसावले बैंकहरुको सिडी रेसियो ७८.१५ प्रतिशत रहेको छ । बैंकहरुहरुलाई अझै ११.८५ प्रतिशत कर्जा लगानी गर्ने कुशन छ । 

सामान्यतया आर्थिक वर्षको पहिलो त्रैमाशमा कर्जाको माग ज्यादै न्युन हुन्छ । दोस्रो र तेस्रो त्रैमाशमा मात्रै कर्जाको अत्याधिक माग रहन्छ । तर कर्जा प्रवाह हुने मुखैमा बैंकहरुले व्याजदर घटाउनुले आगामी दिनमा कर्जाको माग हुँदैन भन्ने पुर्व अनुमान हो । अर्को तर्फ १० वटा बाणिज्य बैंकले निक्षेपको व्याजदर नघटाइ जोखिम उठाएका छन् । यसको अर्थ यदि कर्जाको माग भयो भने निक्षेप नबाहिरियोस् भन्ने नै हो । 

गएको साउन महिनामा बाणिज्य बैंकहरुको औषत व्याजदर ६.६९ प्रतिशत थियो भने असारको ६.९१ प्रतिशत थियो । अहिले औषत व्याजदर व्यक्तिगत तर्फ ४.९१ प्रतिशत र संस्थागत तर्फ ६.१८ प्रतिशतमा झरेको छ । बैंकहरुले यो त्रैमाशलाई हेरेर मात्रै तेस्रो त्रैमाशिक अवधिका लागि व्याजदर बढाउनु पर्ने अवस्था आउने अनुमान गर्दै आइरहेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया