Nepal Life

आरएसडिसी लघुवित्तको १० प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी एक अर्ब तीन करोड नाघ्ने

NMB Bank
  • BFIS News
  • 2024 Oct 18 11:29
आरएसडिसी लघुवित्तको १० प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी एक अर्ब तीन करोड नाघ्ने
National Life

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
NIMB

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई लगाउदै आएको प्रतिवन्धलाई अघोषित रुपमा कायमै राखेको छ । यसले गर्दा यस वर्ष पनि लघुवित्त वित्तीय संस्थाले बम्पर लाभांश वितरण गर्न सक्ने देखिदैन । संस्थाको हालको चुक्ता पूँजी ९४ करोड ४३ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पश्चात एक अर्ब तीन करोड नाघ्नेछ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया