Nepal Life

रत्न नगरकोटीको फिल्मकर्मीदेखि बीमा अभिकर्तासम्मको यात्रा, 'जीवन बीमा मर्दा पर्दाको साथी'

Global Ime detail Page
  • अरुण सापकोटा
  • 2024 Oct Sat 16:31
रत्न नगरकोटीको फिल्मकर्मीदेखि बीमा अभिकर्तासम्मको यात्रा, 'जीवन बीमा मर्दा पर्दाको साथी'
Shikhar detail

काठमाडौं । मानिसको जीवनमा आरोह अवरोह आइरहन्छन् । सफलताको शिखर चुम्ने अभिलासाका साथ सुरु गरिएका काममा पनि सफलता पाउन सकिदैन । काम गर्दै जादा कुनमा सफलता पाइन्छ भन्ने टुङ्गो हुँदैन । नेपाल लाइफका बरिष्ठ एजेन्सी म्यानेजर रत्न नगरकोटीले जीवनमा धेरै काम गरे ।

NIMB

कलेज पढ्दा पढ्दै जापान हानिएका उनले नेपाल फर्किएर दुई वटा चलचित्र निर्माण गरे । यस विचमा घरजग्गाको काम पनि गर्न भ्याए । तर उनलाई जीवनमा खासै सफलता पाएको महशुस भएन । जव उनि नेपाल लाइफको जीवन बीमा अभिकर्ता भएर काम गर्न सुरु गरे त्यस पछि उनले आफुलाई सफल भएको महशुस गरे ।

भक्तपुरको गुण्डुमा २०२० सालमा जन्मिएका रत्न नगरकोटी कलेज पढ्दा पढ्दै २०४७ साल तिर जापान हानिए । जापानमा ६ वर्षको बसाइ पछि नेपालमै केहि गर्नु पर्छ भन्ने सोचका साथ फर्किए । पढ्दा पढ्दै पत्रकारिता क्षेत्रमा काम गर्न पुगेका नगरकोटीको सम्बन्ध चलचित्र क्षेत्रका व्यक्तित्व सँग बाक्लियो । सोहि सम्बन्धले चलचित्र निर्माणमा रुची बढ्यो ।

जापानबाट फर्किए पछि उनले २०५५ सालतिर साझेदारीमा 'रानीखोला' नामक चलचित्र निर्माण गरे । चलचित्रले राम्रै व्यापार गर्यो । पहिलो कदममा सफलता पाए पछि उनि हौसिए । पुर्ण रुपमा आफ्नै लगानीमा 'हतियार' चलचित्र निर्माण गरे । चलचित्रमा झरना बज्राचार्यले सहित करिष्मा मानन्धर, लोकेन्द्र कार्की, सिमान्त उदास लगायतको अभिनय रहेको छ । चलचित्रले ठिक ठिकै व्यापार गर्यो तर सन्तोषजनक भने थिएन ।

तेस्रो चलचित्र निर्माण गर्ने भन्दा भन्दै देशमा माओवादी द्वन्दले चरम रुप लियो । उनले चलचित्र निर्माण गर्ने योजनालाई स्थगित गरे । समय परिस्थिति झन् झन् प्रतिकुल बन्दै गए पछि अन्ततः चलचित्र निर्माणको कामलाई चटक्कै छाडिदिए । यतिकै नेपालमा नेटवर्क विजनेसको ठुलो चहलपहल बढिरहेको थियो । उनले ४/५ वर्ष भन्दा लामो समय यसमै विताए । सिनियर लिडरकै रुपमा काम गरे । तर नेटवर्क विजनेशन गैरकानुनी रहेको कुरा थाहा पाए पछि बाहिरिए । तर नेटवर्किङ व्यवसायमा काम गर्दा उनले धेरै मानिसहरु सँग राम्रो सम्बन्ध बनाएका थिए । यसले गर्दा जनसम्पर्क निर्माण र व्यक्तित्व विकासमा राम्रो मद्दत गर्यो ।

नेटवर्किङकै क्रममा नेपाल लाइफका वरिष्ट एजेन्सी म्यानेजर ओम केसी सँग उनको राम्रो चिनजान भएको थियो । केसी नेपाल लाइफमा धेरै अगाडीदेखि काम गरिरहेका थिए ।

केसी नेपाल लाइफले आयोजना गर्ने अभिकर्ताको तालिममा धुलिखेल तथा पुर्वका जिल्लामा गइरहन्थे । सोहि क्रममा केसी नगरकोटीको घरमा नियमित रुपमा पस्थे । भेटै भेटमा केसीले उनलाई 'चलचित्र तथा नेटवर्किङ क्षेत्रमा लामो समय काम गर्नु भयो । किन खालि बस्नु हुन्छ आउनुहोस् बीमामा काम गरौ' भनेको अझै पनि याद आउछ ।

केसीले नगरकोटीलाई अभिकर्ता पेशा प्रति अभिप्रेरित गर्न आफ्नै घरमा कार्यालय सञ्चालन गरेर काम गर्न समेत सुझाव दिए । बीमा अभिकर्ता पेशा फाइनान्सियल एडभाइजर भएको भन्दै उनले यस तर्फ आकर्षित गरे । त्यस पछि आफ्नो अमुल्य समय त्यतिकै खेर फाल्नु भन्दा अभिकर्ता पेशा मार्फत समाजसेवा गर्न उनि तयार भए । केसीको सुझाव अनुसार उनले जीवन बीमाको विषयमा धेरै कुराहरु बुझे । सबै कुराहरु बुझिसके पछि अभिकर्ताको तालिम लिन राजी भए ।

त्यतिवेला काठमाडौं भित्र तालिम लिन पाइदैन थियो । काठमाडौं बाहिर गोरखा या त धुलिखेलमा जानु पर्थ्यो । उनले धुलिखेलमा तालिम लिने निर्णय गरे । धुलिखेलमा चार दिनको तालिम लिएर बीमा अभिकर्ताको लाइसेन्स प्राप्त गरे । यो २०६६ साल तिरको कुरा हो ।

अभिकर्ताको काम गर्ने त भनियो तर त्यति सजिलो यात्रा भने थिएन । उनको लागि नेटवर्क विजनेसमा मोटिभेसनल स्पिकरको अनुभव भने प्लस पोइन्ट थियो । त्यसमा पनि उनि सामाजिक काम गर्दै थिए । गाउँ गाउँमा गएर निमुखा मानिसहरुलाई बीमा मार्फत सुरक्षित गर्ने अभियानमा जुट्दै थिए । यसले उनलाई भित्रैदेखि हौस्यायो ।

प्राय अभिकर्ताहरु आफ्नो घर परिवार र आफ्नै सहरी क्षेत्रमा मात्रै सिमित हुन्छन् तर रत्न नगरकोटी धनुषा अञ्चलका भित्रि गाउँदेखि लिएर दोलखाका दुर्गम वस्तिसम्म पुग्न सफल भए । उनि दोलखाको लामाबगरको सानो गाउँमा समेत बीमाको लागि पुगे ।

उनि जिरी, रामेछाप, हेटौडा, मार्खु, चरिकोट, चौतारा, भकुण्डेदेखि पाचखालसम्मका धेरै क्षेत्रमा पुगे । यस्तो किसिमको काम गर्ने उर्जा जो कोही सँग हुँदैन । प्राय अभिकर्ता आफन्त तथा नजिकका चिनजानका व्यक्तिहरुलाई बीमा गराइसके पछि यो पेशाबाटै बाहिरिन्छन् तर नगरकोटीले बीमालाई अभियानका रुपमा अगाडी बढाउदै ग्रामिण वस्ति वस्तिमा पुगे ।

उनि धेरै भन्दा धेरै समय काठमाडौं भन्दा बाहिरका मानिसहरुमा बीमा गराउन केन्द्रित भए । यस्तो क्षेत्रमा पुगे जहाँ मानिसहरुको आर्थिक अवस्था निकै कमजोर थियो । उनिहरुको आर्थिक अवस्थालाई उकास्नु पर्छ भन्ने मुख्य उद्देश्यका साथ अगाडी बढे । उनि भन्छन् 'यसरी बीमा गराउदै हिड्दा घुम्न पाइने र नयाँ नयाँ क्षेत्रका मानिसहरु सँग साक्षातकार गर्न समेत पाइने हुँदा यसले मलाई धेरै आकर्षित गर्यो ।' उनले थपे, यसरी घुम्दा मानिसहरु किन गरिव भए र उनिहरुको आर्थिक अवस्थालाई कसरी उकास्न सकिन्छ भन्ने विषयमा म चिन्तसिल हुन्थे ।

घुम्दा घुम्दै नगरकोटी एउटा यस्तो गाउँमा गए जहाँ तामाङ शेर्पा जातिको बाहुल्यता थियो । उनिहरुलाई कसैले नेटवर्क विजनेसमा संलग्न गराएका थिए । नेटवर्क व्यवसायमा बीमाको कुरालाई धेरै जोडिन्थ्यो । नेटवर्क व्यवसायलाई सरकारले पुर्ण रुपमा प्रतिवन्ध लगाए सँगै कयौ मानिसहरुमा छरिएका सपना अधुरा रहे । कयौ मानिसहरुमा यसैका कारण बीमा प्रतिको दृष्टिकोण नै परिवर्तन भयो । यहि परिदृश्य त्यस गाउँको पनि थियो ।

जहाँ बीमाको कुरा गर्ने वित्तीकै अधिकाम्सले उनलाई यहाँ नबस्नुस् भन्दै धम्क्याए । किन भनेर प्रश्न गर्दा उनिहरुले 'तपाईहरु जस्तै अरुले पनि हामीलाई डुबाएर गए । तपाईहरु पनि त्यस्तै मानिसहरु त हो नि ।' त्यो परिस्थितिलाई सामना गर्न धेरै हम्मे हम्मे पर्यो । नगरकोटीले आफु बीमा गराउन नआएको बरु बीमाको बारेमा बुझाउन आएको भन्दै सम्झाउन सुरु गरे । उनि सम्झिन्छन् 'हामी बीमाको चेतना फैलाउन आएका हौ भनेर पटक पटक सम्झाउदै बुझाउदै गए पछि उहाँहरु बल्ल तल्ल कुल डाउन हुनु भयो ।' 

बीमाको बारेमा सबै कुरा बुझाइसके पछि अन्तिममा उनिहरु नै बीमा गर्न जारी भए । बीमा कम्पनीहरु नभाग्ने र राम्रो सेवा सुविधा दिने भन्ने कुराले उनिहरुलाई आकर्षित गर्यो । उनि भन्छन् 'त्यहि ठाउँमा श्रीमान श्रीमति विच कसको पहिला बीमा गर्ने भनेर प्रतिस्पर्धा भयो ।'

त्यस पछि उनि नियमित रुपमा दोलखा जान थाले । गाउँ घरका २ देखि ५ लाखका बीमा पोलिसी संकलन गर्न उनि नियमित रुपमा उपस्थित हुन्थे । तत्कालिन समयमा उनको कुरालाई विश्वास गर्नेले पनि आफ्नो क्षमता अनुसारको बीमा गर्दैन थिए । 

जव सबै कुरा बुझ्दै गए त्यस पछि उनिहरु नगरकोटीको घरमै गएर मेरो यति रुपैयाँको बीमा गरिदिनु पर्यो भन्दै अनुरोध गर्न थाले । यो भन्दा खुसीको क्षण उनको जीवनमा अरु के हुन सक्थ्यो र । 

त्यस पछिका दिनमा उनलाई आफै बोलाएर मेरो परिवारको बीमा गरिदिनु पर्यो भन्दै आग्रह हुन थाल्यो । नियमित रुपमा दोलखा जानु त्यति सहज पक्कै थिएन । कठिनपुर्ण यात्रा गरेर बीमितको सेवा गरे । वर्षाको समयमा आउने ठुलो ठुलो भेलका कारण बीमितहरुले नै उनलाई वर्षामा नआउन अनुरोध गर्थे । कोभिड १९ भन्दा अगाडीको समयसम्म उनि गाउँ गाउँमा नियमित जान्थे वर्षमा कम्तिमा पनि ३/४ सयलाई बीमा गराउन सफल हुन्थे । आजको दिनसम्ममा उनले २५ सय भन्दा धेरैलाई बीमा गराइसकेका छन् ।

उनले बीमामा काम गर्न सुरु गरेको १५ वर्ष वितिसकेको छ । यतिका धेरै बीमितको नविकरण बीमाशुल्क संकलनदेखि लिएर उनिहरुका साह्रो गाह्रो परिस्थितिलाई पनि सकेको सहयोग पुर्याउने गरेका छन् । आफ्नो घरमा कार्यालय पनि सञ्चालन गर्दै आइरहेका छन् । कर्मचारीहरु समेत राखेर उनले काम गर्छन् । यसरी कर्मचारीहरुले उनको बीमितलाई सेवा पुर्याइरहेका हुन्छन् । यदि कर्मचारीहरु आफैले पोलिसी ल्याएका छन् भने त्यसमा उनि हिस्सा माग्दैनन् ।

कोभिड भन्दा अगाडीसम्म तीन तीन महिनामा बीमितहरुको क्षेत्रमा पुग्थे र आफै बीमा शुल्क संकलन गर्थे । बीमा गर्ने व्यक्ति र बीमा शुल्क बुझाउनु पर्ने दुबै जनालाई कुनै एक स्थानमा बोलाउथे । अहिले त्यस्तो अवस्था छैन । हिजोका दिनमा जुन जुन ग्रामिण क्षेत्रमा पुगेका थिए अहिले ति सबै क्षेत्रमा नेपाल लाइफको शाखा कार्यालय पुगिसके छ । सुरुवाति दिनमा काम गरेका प्रायः क्षेत्रमा उनले आफ्नै पहलमा शाखा स्थापना गरिसकेका छन् ।

उनि निरन्तर १६/१७ वर्षदेखि यस क्षेत्रमा सक्रियतापुर्वक काम गरिरहेका छन् । यसरी आफुलाई निरन्तर रुपमा टिकाउन इच्छाशक्तिको आवश्यक पर्ने उनि बताउछन् । उनि भन्छन् 'यदि जीवनमा सफलता हासिल गर्नु छ भने जुन काममा हात हालिएको छ त्यसलाई निरन्तरता दिनु पर्छ । भर्खरका युवाहरुले छिटो प्रतिफल खोजिरहेका हुन्छन् । कोहि कोहि अरुको करकापबाट यस क्षेत्रमा आउछन् जसले गर्दा निरन्तरता दिन सक्दैनन् ।'

बीमा अभिकर्ता पेशा आफु र समाज दुबैका लागि अपरिहार्य छ । नगरकोटीले जीवनमा फरक फरक कार्यक्षेत्रको अनुभव हासिल गरे । चलचित्र निर्माण गर्दा कम्तिमा पनि ६०/७० लाख खर्च हुन्छ । घरजग्गाको कारोबार गर्न त्यहि अनुसार लगानी गर्नु पर्छ तै पनि सफलता हासिल हुन्छ भन्ने कुनै सुनिश्चितता हुँदैन । तर अभिकर्ता क्षेत्रमा खासै ठुलो लगानी गर्नु पर्दैन । सुमधुर सम्बन्ध र इच्छाशक्ति भयो भने यस क्षेत्रमा सफलता हासिल गर्न सकिने नगरकोटीको अनुभव छ ।

कोभिड १९ अगाडीसम्म उनको व्यवसाय एकदमै राम्रो थियो । यसै क्रममा उनको भोकल अप्रेसन गर्नु पर्यो । जसले गर्दा उनले धेरै बोल्न पाउदैनन् । हजारौ बीमितलाई निरन्तर फलोअप गर्नु पर्ने भएकाले उनले तीन जना कर्मचारी राखेर कार्यालय नै सञ्चालन गर्दै आइरहेका छन् । जाडोमा धेरै बोल्न नसक्ने भएकाले प्राय 'डिलिङमा' आफ्ना स्टाफ र शाखा प्रमुखलाई लिएर जान्छन् । आफुलाई आउने कमिशनबाटै कर्मचारीलाई तलब दिइरहेका छन् ।

चार पटक भन्दा बढि एमडिआरटी क्वालिफायर्ड भइसकेका नगरकोटीले आफुलाई आउने कमिशनबाटै तीन जना कर्मचारीलाई तलव भत्ता दिइरहेका छन् । उनिहरुलाई पनि यस पेशामा सक्रिय बनाइरहेका छन् । परिवारको पनि राम्रो साथ सहयोग पाइरहेका उनको एक छोरा र दुई छोरीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सघाइरहेका छन् ।

जीवनमा धेरै क्षेत्रमा हात हालेका उनको सबैभन्दा धेरै सन्तुष्टी बीमा क्षेत्रमै मिलेको छ । हरेक क्षेत्रका व्यक्तिहरु सँग भेटघाट गर्न पाइने भएकाले व्यक्तिगत सम्बन्ध पनि राम्रो बन्ने उनि बताउछन् । सरकारी अफिसरदेखि प्रहरी आर्मीका उच्च पदस्थ व्यक्तिको समेत बीमा गराएको अनुभव छन् ।

बीमा गराएका मध्ये अहिलेसम्म खासै दाबी परेको छैन । बीमा गराउदै सहि व्यक्तिको चयन गरेर मात्र बीमा गराउदा सरेण्डर हुने ल्याप्स हुने र दाबी पर्ने सम्भावना निकै कम हुने नगरकोटीको अनुभव छ । पछिल्लो समय उनलाई एउटै कुराले बढि चिन्तित बनाउछ त्यो हो गलत सूचना दिएर बीमा गराउने परिपाटी । बजारमा १० वटा नयाँ कम्पनी आए सँगै यस्तो गलत अभ्यास भइरहेको नगरकोटीको अनुभव छ ।

बीमितलाई झुक्याउदै १० वर्षमै दोब्बर हुने भन्दै पोलिसी बिक्री गर्दा त्यसले कालान्तरमा बीमा बजार प्रति नै वितृत्ष्ण बढ्ने उनको विश्लेषण छ । उनि भन्छन् 'सर्वाधिक धेरै बोनस रहेको नेपाल लाइफले समेत १६ वर्ष भन्दा माथिको पोलिसिमा मात्रै दोब्बर प्रतिफल दिन सक्छ जवकी ३०/४० रुपैयाँ बोनसदर हुनेले यस अवधिमा दिन सक्ने कुरै हुँदैन ।'

बीमाको विषयमा सहि ढङ्गबाट बुझाउने हो भने नेपालको सन्दर्भमा बीमा अपरिहार्य रहेको उनको भनाइ छ । यसका लागि आफु प्रतिकुल स्वास्थ्य अवस्थामा पनि सक्रियरुपमा लागिपर्ने उनको अठोट । जीवन बीमा हरेक मानिसको मर्दा र पर्दाको साथि बनिरहेको छ । सामान्य काम पर्दा सर सापटले चल्छ । कदम कदाचित केहि तलमाथि पर्यो भने बीमाले कभर गर्ने हुँदा बीमा मर्दा र पर्दाको साथि बनेको उनको विश्लेषण छ ।   

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया