शिखर इन्स्योरेन्स कम्पनीका दिप प्रकाश पाण्डे थप एक कार्यकालका लागि नियुक्त, बीमा क्षेत्रमा तीन दशकको अनुभव
- BFIS News
- 2024 Oct Sun 10:27

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले दिप प्रकाश पाण्डेलाई थप एक कार्यकालका लागि नियुक्त गरेको छ । कम्पनीको कार्तिक एक गते सम्पन्न ३४० औं सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
बीमा क्षेत्रमा तीन दशक भन्दा लामो अनुभव भएका पाण्डेलाई आगामी चार वर्षका लागि नियुक्त गरिएको हो । २०६१ साल मंसिर २ गतेदेखि सञ्चालनमा आएको शिखर इन्स्योरेन्स कम्पनीको स्थापनाकालदेखि नै पाण्डे सिईओमा कार्यरत छन् ।
उनले कम्पनीलाई विगत एक दशक भन्दा लामो समयदेखि हरेक सूचकमा नम्बर वानमा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्दै आइरहेका छन् । उनको कार्यकाल थप गर्ने प्रस्तावलाई बीमा प्राधिकरणले भने स्वीकृति दिन बाँकी छ ।
बीमा ऐन २०७९ को दफा ५७ को उपदफा २ मा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पुनः एक पटक थप गर्न सकिने व्यवस्था छ । बीमा ऐन २०७९ असोज २३ गतेदेखि लागु भएको हुँदा विद्यमान ऐनको व्यवस्था बमोजिम कम्पनीले एक कार्यकाल थप गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया