सुनको मूल्य एक लाख ६५ हजार पुग्यो, चाँदी पहिलोपटक दुई हजारभन्दा माथि
- BFIS News
 - 2024 Oct 20 11:10
 
                    
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य यो हालसम्मकै उच्च हो ।
यसअघि गत शुक्रबजार एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको हो ।
आज चाँदीको मूल्यले पनि ९५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य यो हालसम्मकै उच्च हो । गत शुक्रबार चाँदी एक हजार ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
                        ![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया