Nepal Life

माथिल्लो तामाकोसीमा एक अर्ब ८० करोडको बीमा दाबी, राष्ट्रिय बीमा कम्पनीले तिर्नु पर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 11:28
माथिल्लो तामाकोसीमा एक अर्ब ८० करोडको बीमा दाबी, राष्ट्रिय बीमा कम्पनीले तिर्नु पर्ने
Sanima Reliance

काठमाडौं । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाको लागि १ अर्ब ८० करोडको बीमा दाबी परेको छ ।  सिभिल, इलेक्ट्रो मेकानिकल लगायतका इक्युपमेन्टहरू (इलेक्ट्र र हाइड्रो इक्विपमेन्ट) गरी एक अर्ब ८० करोड रुपैयाँको बीमा दाबी परेको हो ।

NIMB

राष्ट्रिय बीमा कम्पनीमा बीमा गराएको यो आयोजनाले क्षतिको आकलन गरी १ अर्ब ८० करोडको दाबी गरेको अपर तामाकोसी हाइड्रोपावरले जनाएको छ ।  

सञ्चालनमा रहेको देशकै सबैभन्दा ठूलो आयोजनामा असोज ११ र १२ गते परेको अविरल वर्षापछिको बाढीले क्षतिग्रस्त बनाएको थियो । आयोजना २०७८ बाट सञ्चालनमा आएको आयोजना हिउँदमा प्राधिकरणले ब्याकअपको रुपमा चलाउँदै आएको आयोजना हो ।  अर्धजलाशययुक्त प्रकृति (पीआरओआर) को आयोजना माथिल्लो तामाकोसी वर्षामा पूर्ण क्षमतामा र हिउँदमा ४ घन्टा पीकिङ दिने (पूर्णरूपमा सञ्चालन हुने) गरेको छ । 

आयोजना असोज ११ देखि बन्द छ । आयोजनाले प्रतिदिन ४ करोड रुपैयाँ बराबरको बिजुली उत्पादन गर्ने क्षमता छ । बाढीले आयोजनाको मुख्य बाँधमा क्षति पुर्‍याएको थियो । 

आयोजनाको बाँधस्थल तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्रयाउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ ।  नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको थियो । 

तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युसेक हो । अविरल वर्षाले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युसेक पुगेको थियो । आयोजनाले प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार पानीको बहाव २५० क्युसेक हुनासाथ विद्युत् गृह बन्द गर्नुपर्ने छ । सोही अनुसार ११ गते नै आयोजना बन्द गरिएको हो । बाढी पहिरोले आयोजनासम्म पुग्ने पहुँचमार्गमा समेत क्षति पुर्‍याएको छ । 

ठूलो आयोजनामा क्षति पुगेपछि भारततर्फ निर्यातसमेत घटेको छ । प्राधिरणले अहिले तीन सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात गरिरहेको छ । गत दुई महिनामा सात अर्ब ५५ करोड विद्युत् निर्यात गरेको प्राधिकरणले असोजपछि कोटा पाएको ९४१ मेगावाट विद्युत् निर्यात गर्न सकेको छैन् । 

यस्तै बंगलादेशसँग पनि ४० मेगावाटको सम्झौता भएपनि आयोजनामा अनुमति नपाउँदा बिजुली जान सकेको छैन ।  प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको थियो । 

साउनमा तीन अर्ब ९९ करोड ५६ लाख र भदौमा तीन अर्ब ५५ करोड पाँच लाख रुपैयाँको विद्युत् निर्यात गरेको थियो । दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट सात रुपैयाँ ३३ पैसा रहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया