Nepal Life

एक्चुरी उत्पादनमा बीमा प्राधिकरण र गणित विज्ञान स्कुल विच समझदारी पत्रमा हस्ताक्षर

NMB Bank
  • BFIS News
  • 2024 Oct 20 19:46
एक्चुरी उत्पादनमा बीमा प्राधिकरण र गणित विज्ञान स्कुल विच समझदारी पत्रमा हस्ताक्षर
National Life

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सबीच बीमा सम्बन्धी अनुसन्धान र दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्ने सम्बन्धी समझदारी भएको छ ।

Shikhar
NIMB

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सका निर्देशक नवराज पौडेलले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 

बीमा सम्बन्धी अनुसन्धान र स्वदेशमा दक्ष बीमाङ्कीय जनशक्ति उत्पादनमा सहयोग गर्ने उद्देश्यका साथ भएको समझदारीको अवधि चार वर्षको रहेको छ ।

समझदारीपत्रमा प्राधिकरणले स्कुल अफ म्याथमेटिकल साइन्सका विद्यार्थीहरुको बीमाङ्कीय सीप विकासमा सहयोग गर्ने, हरेक वर्ष मेरिट बेसिसका आधारमा म्याथमेटिकल साइन्स (बीमाङ्की विज्ञान) का स्नातक तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, स्रोत व्यक्ति उपलब्ध गराउने र बीमा बजारको आवश्यकताका आधारमा बीमाङ्की विज्ञानको पाठ्यक्रम परिमार्जन गर्न सहयोग गर्ने उल्लेख छ ।

यसैगरी, नेपालको बीमा बजार र अन्तर्राष्ट्रिय बीमा बजारको प्रवृत्तिलाई केन्द्रित गरी बीमा सम्बन्धी अनुसन्धान तथा जोखिम मूल्याङ्कन र नेपाली बीमा बजारको आवश्यकताका आधारमा नयाँ बीमाङ्कीय नमूनाहरुको विकास सम्बन्धी अनुसन्धानमा साझेदारी गर्ने समझदारीपत्रमा उल्लेख छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) उपस्थित थिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया