NIMB Header 2
Nepal Life

ट्राफिक नियम उल्लंघन गर्दा अब डिजिटल चिट, जरिवाना पनि अनलाइनबाटै तिर्न मिल्ने: लाइन बस्ने दिन गए

National Life
  • BFIS News
  • 2024 Oct 20 20:22
ट्राफिक नियम उल्लंघन गर्दा अब डिजिटल चिट, जरिवाना पनि अनलाइनबाटै तिर्न मिल्ने: लाइन बस्ने दिन गए
Sanima Reliance

काठमाडौँ — सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्दा कागजी रूपमा दिइने चिटको साटो अब प्रहरीले डिजिटल चिट काट्ने भएको छ । नागरिक एपमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) आबद्ध गरिएपछि सर्वसाधारणले सवारी चालक अनुमतिपत्रको साटो एपभित्रकै भर्चुअल लाइसेन्स देखाए पुग्ने भएको छ ।

Shikhar
NIMB

ई-चलान डिजिटल चिटले प्रविधिमैत्री सेवा प्रवाहमा भूमिका खेल्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए । ‘अत्यधिक सवारी चाप, सीमित सडक सञ्जाल, ट्राफिक सचेतनाको कमी, सडक पूर्वाधार र प्रविधिको अभाव ट्राफिक व्यवस्थापनका मुख्य चुनौती रहँदै आएका छन्,’ उनले भने, ‘सीमित स्रोतसाधनका माझ हामीले सेवा दिँदै आएका छौं ।’

हाल ट्राफिक कारबाहीमा परेका चालकहरूको कागजपत्र लिने गरिकामा अबदेखि प्रहरीले चालकको नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सभित्रको क्युआर कोड स्क्यान गरी सम्पूर्ण विवरण टीभीआरएसमा अद्याविधिक हुने प्रणाली विकास गरिएको हो । यससँगै जरिवाना तिर्न र कागजपत्र लिन ट्राफिक कार्यालय धाइरहनुपर्ने बाध्यता नहुने बोहराले बताए ।

कार्यक्रममा यातायातमन्त्री दाहालले ड्राइभिङ लाइसेन्स, नागरिक एप र राष्ट्रिय परिचयपत्रलाई आपसमा जोडिने र त्यसले लाइन्स लिन कार्यालयमा उपस्थित हुनुपर्ने झन्झटसमेत अन्त्य गर्ने बताए । त्यस्तै गृहमन्त्री लेखकले सबै सेवाग्राहीलाई सरल, सुलभ, पारदर्शी र जटिलतारहित सेवा प्रदान गर्न सबै प्रशासनिक कार्यलाई प्रविधिमैत्री बनाउँदै लगिने भनाइ राखे । ‘ई-चलान डिजिटल चिटलाई सफल प्रणालीका रूपमा प्रयोग गरेर ट्राफिक प्रहरीले उदाहरणीय काम गरोस् भन्ने अपेक्षा गरेको छु,’ उनले भने ।

ट्राफिक प्रहरीको काम-कारबाहीलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै परिष्कृत सेवा प्रवाह गर्न टीभीआरसँगै अनलाइन भुक्तानी, ट्राफिक कम्युनिकेसन एप, अटोमेटिक नम्बर प्लेट रिकग्निसन क्यामरा जडान जस्ता कार्यहरूको सुरुवात गरिएको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बताए । ‘हाल विद्यमान २४ घण्टे पुर्जी जारी गर्ने प्रणालीलाई ई-चलानको प्रयोग गरी ट्राफिक कारबारहीलाई प्रविधिमैत्री बनाउन सहयोगी हुनेछ,’ उनले भने, ‘यसले हामीले अंगीकार गरेको आन्तरिक शुद्धीकरण र पारदर्शितामा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया