राष्ट्र बैंकले वित्तीय साक्षरता प्रदान गर्ने २५ जना ट्रेनर उत्पादन गर्दै, यस्तो छ योग्यता

  • BFIS News
  • 2023 Aug Thu 14:28
राष्ट्र बैंकले वित्तीय साक्षरता प्रदान गर्ने २५ जना ट्रेनर उत्पादन गर्दै, यस्तो छ योग्यता

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरताका लागि ट्रेनर अर्थात तालिम प्रदान गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने भएको छ । सर्वसाधारणको वित्तीय चेतना अभिवृद्धि गरि बढीभन्दा बढी व्यक्तिलाई वित्तीय क्षेत्रमा समावेश गर्दै लैजाने उद्देश्यले २५ जनालाई ट्रेनिङ फर ट्रेनर ‘TOT’ तालिम दिने भएको हो ।

वित्तीय साक्षरताको महत्वलाई आत्मसात गरी राष्ट्र बैंकले विभिन्न संस्थाहरु मार्फत समेत वित्तीय चेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसरी भइरहेका कार्यक्रमहरुको प्रभावकारीता थप अभिबृद्धि गरी वित्तीय साक्षरतामा भए गरेका कार्यलाई सुदृढीकरण गर्ने उद्देश्यले आर्थिक तथा वित्तीय क्षेत्रमा ज्ञान तथा अनुभव भएको, भुक्तानी प्रणालीमा भएको विकास र नविनतम प्रविधिको प्रयोग सँगै बढ्दो डिजिटल फाइनान्सियल सर्भिस, तिनमा अन्तर्निहित जोखिम, वित्तीय अपराध लगायतका विषयमा दख्खल भएको र वित्तीय साक्षरताको क्षेत्रमा क्रियाशील व्यक्तिहरुका लागि टट तालिम सञ्चालन गर्ने भएको हो ।

यस्तो तालिममा इच्छुक नेपालीहरुलाई आवेदन दिन राष्ट्र बैंकले आह्वान समेत गरेको छ । यस्तो तालिम असोज २१ गतेदेखि २६ गतेसम्म बैंकर्स प्रशिक्षण केन्द्र बोडे भुक्तपुरमा सञ्चालन गरिनेछ ।

मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापनमा वा जनप्रशासनमा स्नातकोत्तर तह वा मान्यताप्राप्त राष्ट्रिय अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट सिए, एसिसिए, सिपिए परीक्षा उतिर्ण गरेका हुनु पर्नेछ । यसका साथै वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थामा कम्तिमा १५ वर्षको अनुभव हुनु पर्छ । फाइनान्सियल लिट्रेसी सँग सम्बन्धित विषयमा अनुभव र विशेष योग्यता प्राप्त गरेको व्यक्तिलाई ग्राह्यता दिइने राष्ट्र बैंकले जनाएको छ । इच्छुक व्यक्तिले नेपाल राष्ट्र बैंकको वेवसाइटबाट यहि भदौ २१ गतेसम्ममा आवेदन दिन सकिनेछ । तालिम अवधिभर प्रशिक्षार्थीलाई भत्ता तथा आवासको सुविधा प्रदान गरिने छैन । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया