सपोर्ट लघुवित्तको लाभांश घोषणा, १३.७७५ प्रतिशत बोनस शेयर वितरण गर्ने
- BFIS News
- 2024 Oct Mon 10:42
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । संस्थाको यहि कार्तिक ४ गते आइतबार अपरान्ह साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्त पूँजीको १३.७७५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
हाल संस्थाको चुक्ता पूँजी १० करोड ७६ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण सँगै संस्थाको चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्न पाइनेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् ।
प्रतिक्रिया