Nepal Life

आर्थिक प्रलोभनमा पर्दा मनी म्युल हुने क्रम बढ्दो, आफ्नो खाताको विवरण अरुलाई नदिन राष्ट्र बैंकको आह्वान

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 06:10
आर्थिक प्रलोभनमा पर्दा मनी म्युल हुने क्रम बढ्दो, आफ्नो खाताको विवरण अरुलाई नदिन राष्ट्र बैंकको आह्वान
Sanima Reliance

काठमाडौं । सामाजिक सञ्जाल तथा विभिन्न माध्यम मार्फत वित्तीय प्रलोभन देखाउदै मनि म्युल जस्तो अपराधिक पद्धतिमा फसाउने क्रम बढेको छ ।

NIMB

वित्तीय अपराधमा संलग्न व्यक्तिहरुले विभिन्न माध्यमहरु इमेल, फेसबुक म्यासेन्जर, भाइबर, ह्वाट्स एम, टेलिग्राम वा अन्य सामाजिक सञ्जाल तथा फोन वा मोबाइल म्यासेज मार्फत छिटो र आकर्षक आम्दानी हुने प्रस्तावहरु पठाइ विश्वासमा पारेर बैंक खाता वा वालेटको गोप्य विवरण लिने गर्दछन् ।

त्यस्ता व्यक्तिले यसरी लिइएको बैंक खाता तथा वालेजमा आपराधिक कार्यबाट प्राप्त गरेको रकम जम्मा गरि सो रकम नगदमा झिक्ने वा पुनः अन्य खातामा रकमान्तर गर्ने गर्दछन् । यसरी त्यस्ता व्यक्तिले सर्वसाधारणलाई उनिहरुको अपराधको साझेदार बनाउन सक्ने राष्ट्र बैंकले जनाएको छ । त्यसैले आफ्नो बैंक खाता वा वालेटको जानकारी कसैलाई पनि नदिन राष्ट्र बैंकले सबैलाई आह्वान गरेको छ ।

यस्तो गतिविधि सम्पत्ती शुद्धिकरसँग सम्बन्धित वित्तीय अपराध भएकोले यसमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाही समेत हुन्छ । मनि म्युल अपराध भएको हुँदा यस्तो जालमा नपर्न र यस्ता कार्यहरु प्रति सचेत रहि जिम्मेवार वित्तीय व्यवहार अपनाउन राष्ट्र बैंकले अनुरोध समेत गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया