Nepal Life

शेयर बजारको पहुँच २१ प्रतिशत नागरिकमा मात्रै, दोस्रो बजारमा ७ प्रतिशतको मात्रै संलग्नता

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 06:43
शेयर बजारको पहुँच २१ प्रतिशत नागरिकमा मात्रै, दोस्रो बजारमा ७ प्रतिशतको मात्रै संलग्नता
National Life

काठमाडौं । नेपालमा शेयर बजारको पहुँच त्यसमा पनि प्राथमिक बजार तर्फ २१ प्रतिशत मात्रै नागरिकमा रहेको पाइएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार २०८१ भदौ मसान्तसम्ममा कुल ६३ लाख ८१ हजार ९२३ सक्रिय डिम्याट खाता प्रयोगकर्ता रहेका छन् । त्यस्तै दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न २१ लाख ९४ हजार ६०२ जनाले टिएमएस खाता सञ्चालन गरेका छन् । यस आधारमा नेपालको कुल जनसंख्याको २१ प्रतिशत प्राथमिक बजारमा र ७ प्रतिशत दोस्रो बजारमा संलग्न रहेको बोर्डले जनाएको छ ।

NIMB

डिम्याट खाताका सक्रिय प्रयोगकर्ताको संख्या र प्रादेशिक जनसंख्याको अनुपातको आधारमा वागमति प्रदेशमा सबैभन्दा बढि ३७ प्रतिशत रहेको छ । त्यस्तै गण्डकी प्रदेशमा ३२ प्रतिशत, कोशी प्रदेशमा २३ प्रतिशत, लुम्बिनी प्रदेशमा १३.९ प्रतिशत, सुदुरपश्चिम प्रदेशमा १३.७ प्रतिशत, मधेश प्रदेशमा ११ प्रतिशत र कर्णाली प्रदेशमा ९ प्रतिशत डिम्याट खाताको प्रयोगकर्ता रहेको पाइएको छ ।

धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने उद्देश्यका साथ टिएमएस खाताका सक्रिय प्रयोगकर्ताको संख्या र प्रादेशिक जनसंख्याको अनुपातका आधारमा बागमति प्रदेशमा सबैभन्दा बढि ११ प्रतिशत रहेको छ । गण्डकी प्रदेशमा १० प्रतिशत, कोशी प्रदेशमा ९ प्रतिशत, सुदुरपश्चित प्रदेशमा ६ प्रतिशत, लुम्बिनी प्रदेशमा ५ प्रतिशत, मधेश प्रदेशमा ४ प्रतिशत र कर्णाली प्रदेशमा ३ प्रतिशत जनसंख्या धितोपत्रको दोस्रो बजारमा सहभागी भएको धितोपत्र बोर्डले जनाएको छ ।  

नेपाल धितोपत्र बोर्डले १० कित्ताको लागि मात्रै पनि आवेदन दिन पाउने तथा न्युनतम १० कित्ता शेयर बाँडफाँड गर्न पाउने व्यवस्था लागु गरे सँगै प्राथमिक बजारमा लगानीकर्ताको संख्या ह्वात्तै बढेको थियो । डिम्याट खाता ६३ लाख भन्दा धेरैले खोले पनि प्राथमिक बजारमा आवेदन दिने लगानीकर्ता २५ लाख भन्दा माथि छैन । यसमा पनि अधिकाम्सले खाता मात्रै खोलेर राखेका छन् । जसमा शेयर संख्या शुन्य भएका डिम्याट खाता धेरै छन् । 

अर्को तर्फ दोस्रो बजारमा अनलाइन प्रणालीबाट कारोबार गर्न मिल्ने व्यवस्था सँगै यसको संख्या पनि ह्वात्तै बढेको हो । तर पनि यसको पहुँच निकै न्युन छ । प्राथमिक बजार भन्दा दोस्रो बजार तुलनात्मक रुपमा जोखिपुर्ण छ । यसले गर्दा धितोपत्र बोर्डले वित्तीय साक्षरतामा निकै धेरै काम गर्न बाँकी छ । लहै लहैमा शेयर कारोबार गर्नेहरु दोस्रो बजारमा धेरै डुबेका छन् । यस्ता समुहलाई प्रशिक्षित गर्नु पर्ने कर्तव्य धितोपत्र बोर्डको हो । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार