Nepal Life

शेयर बजारमा लगानी गर्दा ध्यान दिनु पर्ने १७ कुराहरु, जसले तपाईलाई बनाउनेछ सुरक्षित

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 07:46
शेयर बजारमा लगानी गर्दा ध्यान दिनु पर्ने १७ कुराहरु, जसले तपाईलाई बनाउनेछ सुरक्षित
Sanima Reliance

काठमाडौं । शेर बजार एकदमै जोखिमयुक्त क्षेत्र हो । समय समयमा आउने उतारचढावले लगानीकर्तालाई कहिले धेरै नाफा गराउछ भने कहिले आफुले गरेको लगानी भन्दा धेरै गुणा गुमाउनु पर्ने पनि हुन सक्छ । यसले गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भइ लगानी गर्नु पर्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ । 

NIMB

शेयर बजारमा लगानी गर्दा निम्न १७ बुँदाहरुलाई बुझेर अगाडी बढ्न धितोपत्र बोर्डले दिएका सुझावहरु:

धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भई लगानी सम्बन्धी निर्णय लिनुहोस् ।

धितोपत्र बजारमा नवप्रवेशीले प्राथमिक बजारबाट लगानी प्रारम्भ गर्नुहोस् । प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङ्गस्तर जस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गर्नुहोस् ।

धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारीक वा प्रमाणित रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यबस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, धितोपत्रको मूल्य प्रबृत्ति, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) र कम्पनीसंग सम्बन्धित उद्योग÷क्षेत्रको अवस्था आदि जस्ता महत्वपूर्ण पक्षहरुको अध्ययन गर्नुहोस् ।

लगानी गर्दा संस्थाको प्रकृती, कम्पनीले दिनसक्ने संभावित प्रतिफल, कम्पनीको आधारभूत पक्ष (जस्तै वित्तीय विवरणहरु, व्यवस्थापन, उद्योग र व्यापारको अवस्था, कानुनी वातावरण, व्यापार मोडेल, प्रतिस्पर्धात्मक लाभ) को ख्याल राख्नुुहोस् ।

धितोपत्रमा लगानी गर्नुपूर्व आफ्नो लगानीको उद्देश्य, समयावधि, अपेक्षित आम्दानी जस्ता विषयहरुमा स्पष्ट भइ धैर्यता, लगनशीलता तथा दूरदृष्टि राखी लगानी गर्नुहोस् ।

धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनीतिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहनुहोस् ।

विभिन्न सामाजिक संजाल (जस्तै फेसबुक, ट्वीटर, क्लबहाउस, टिकटक, युटयूव, इन्ष्टाग्राम) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारीक नहुने भएकोले ती अनुमान, प्रक्षेपण, विचार र परामर्शको आधारमा मात्र लगानी सम्बन्धी निर्णय नलिनुहोस् ।

उल्लेखित सामाजिक संजाल मार्फत हुने धोका, जालसाजी तथा छलकपट वाट बच्न स्वयं सचेत रही स्वतन्त्र रुपमा आफ्नो स्व– विवेकले निर्णय गर्नुहोस् । अरुको देखासिखी र लहलहैमा लागेर धितोपत्रमा लगानी नगर्नुहोस् ।

लगानीका अवसरहरू स्वतन्त्र रूपमा अनुसन्धान गर्नुहोस्, निर्णयमा हतार नगर्नुहोस्, अत्याधिक फाइदाको ग्यारेन्टी दिने वाचा प्रति सावधान हुनुहोस्, र तपाईंलाई छिटो निर्णय लिन दबाब दिने व्यक्तिहरूलाई विश्वास नगर्नुहोस् ।

धितोपत्र बजारमा मुद्रास्फिति, बैंकको तरलता तथा व्याजदरले प्रत्यक्ष असर गर्ने हुनाले लगानी गर्दा यस्ता विषयलाई मनन्गरी लगानी सम्बन्धी निर्णय लिनुहोस् ।

जोखिमबाट जोगिन लगानीको विविधीकरण गर्नुका साथै आपतकालीन कोष राखेर जोखिम व्यवस्थापन गर्नुहोस् ।

धितोपत्र बजारमा भित्री सूचनाका आधारमा हुन सक्ने कारोवार, कर्नरिङ्ग तथा मूल्यमा हुनसक्ने अस्वभाविक उतारचढाव जस्ता गतिविधिहरुबाट टाढै रहने र यस्ता गतिविधिहरुको सम्बन्धमा आवश्यक सावधानी अपनाउने गर्नुहोस् ।

धितोपत्र कारोवारमा रकमको लेनदेन गर्दा बैंकमार्फत मात्र गर्नुहोस् । धितोपत्र कारोबार वापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा रहेको कानुनी व्यवस्थाको जानकारी लिनुहोस् ।

धितोपत्र बजारमा कारोबार गर्दा नेपाल धितोपत्र बोर्ड बाट अनुमती प्राप्त धितोपत्र व्यवसायी मार्फत मात्र कारोवार गर्नुहोस् ।

धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरु सम्बन्धी आधिकारीक जानकारीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्नुहोस् ।

धितोपत्रमा लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचीकृत कम्पनी, सिडिएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्नुहोस् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया