नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा एक अर्ब ४६ करोड, चुक्ता पूँजी सरह जगेडा कोष
- BFIS News
- 2024 Oct Wed 06:51
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा एक अर्ब ४६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको भन्दा ३.८२ प्रतिशतले मुनाफा घटाएको छ ।
खुद व्याज आम्दानीमा आएको गिरावट सँगै बैंकको मुनाफा घटेको हो । समिक्षा अवधिमा बैंकले तीन अर्ब ८७ करोड रुपैयाँ खुद व्याज आम्दानी गर्दा गत वर्षको यहि अवधिमा ४ अर्ब १६ करोड थियो ।
अन्य शुल्क तथा कमिशन आम्दानीमा भने उल्लेख्य सुधार देखिएको छ । यस्तो आम्दानी ३० प्रतिशतले बढेर ५१ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ ।
पछिल्लो तीन महिनामा बैंकले ४ अर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३१ अर्ब २९ करोड रुपैयाँ जम्मा भएको छ ।
खराव कर्जा १.९९ प्रतिशत रहेको छ । निक्षेपको तुलनामा कर्जा विस्तार गर्न नसक्दा सिडी रेसियो ७८.३६ प्रतिशतमा झरेको छ ।
वितरण योग्य मुनाफा अझै पनि ऋणात्मक छ । नियामकीय प्रोभिजनिङका व्यवस्थाले गर्दा बैंकले मुनाफा बाड्न पाएको छैन । वितरणयोग्य मुनाफा ऋणात्मक देखिए पनि जगेडा कोष भने थप बलियो बन्दै गएको छ । यसै वर्ष बैंकको जगेडा कोष पूँजी भन्दा नाघ्ने देखिएको छ ।
प्रतिक्रिया