माछापुच्छ्रे बैंकको तीन महिनाको मुनाफा ५० करोड ३२ लाख, इपिएस १७ रुपैयाँ हुँदा बाँकी सूचक कस्ता?
- BFIS News
- 2024 Oct Wed 07:34
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५० करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको यहि अवधिमा ५४ करोड २२ लाख रुपैयाँ आर्जन गरेको थियो । बैंकले प्रोभिजनिङ बढाउदा मुनाफामा असर परेको हो ।
खुद व्याज आम्दानी ४.९९ प्रतिशतले बढाएर एक अर्ब ४८ करोड रुपैयाँ आर्जन गरेको छ । अन्य शुल्क तथा कमिशनमा पनि २२ प्रतिशतले सुधार देखिएको छ ।
बैंकले समिक्षा अवधिमा एक खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ३८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । तीन महिनाको अवधिमा बैंकले ६.२३ प्रतिशतले निक्षेप बढाउदा कर्जा विस्तार ८.९४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब १७ करोड जम्मा भएको छ । खराव कर्जा १.१३ प्रतिशत रहेको बैंकको अन्य सूचकमा पनि राम्रै सुधार देखिन्छ ।
प्रतिक्रिया