Nepal Life

नविल बैंकको सहायक कम्पनी नविल सेक्युरिटिज सञ्चालनको अन्तिम तयारीमा

NMB Bank
  • BFIS News
  • 2023 Aug 24 18:12
नविल बैंकको सहायक कम्पनी नविल सेक्युरिटिज सञ्चालनको अन्तिम तयारीमा
National Life

काठमाडौं । नविल बैंकको सहायक कम्पनी नविल सेक्युरिटिजले सञ्चालनको सम्पुर्ण तयारी पुरा गरेको छ । धितोपत्र दलालदेखि डिलरसम्मको काम गर्ने एक मात्र कम्पनीको रुपमा स्थापित नविल सेक्युरिटिजले दरबारमार्गको तीनधारामा कार्यालय स्थापना गरेको छ ।

Shikhar
NIMB

नविल सेक्युरिटिजले ७७ नम्बरको ब्रोकरबाट शेयर खरिद बिक्री गर्नेछ । धितोपत्र बोर्डको नियम अनुसार नविलले १५ सय वर्गफिटको न्युनतम मापदण्ड भन्दा पनि बढि २६ सय वर्गफिटमा कार्यालय स्थापना गरेको छ । धितोपत्र बोर्डले तीन तहका ब्रोकर लाइसेन्स खुला गर्दा सबैभन्दा धेरै न्युनतम चुक्ता पूँजी २० करोडका लागि सबैभन्दा धेरै आवेदन परेको थियो भने ६० करोड चुक्त पूँजी भएको ब्रोकरका लागि तीन वटाको मात्रै आवेदन परेको छ भने १५० करोडका लागि नविलको मात्रै परेको थियो । 

नबिल सेक्युरिटिजले ब्रोकरदेखि बजार निर्मातासम्मको काम गर्नेछ । सरकारको जमानतमा जारी भएको डिबेञ्चर वा सामूहिक लगानी योजना वा सूचीकृत धितोपत्रहरुमा तरलता प्रदान गर्ने उद्देश्यले धितोपत्र आफ्नो नामबाट खरिदबिक्री कारोबार गर्नेदेखि सामान्य सेयर कारोबार गर्नेसम्मको काम नबिल सेक्युरिटिजले गर्नेछ । यसबाहेक मार्जिन लेन्डिङ, नयाँ प्रडक्टको डिजाइन तथा कार्यान्वयन लगायतका काम पनि गर्नेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया