Nepal Life

नेपाल बैंकको मुनाफा ३२२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ३.८८ रुपैयाँबाट १६ रुपैयाँ पुग्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 07:54
नेपाल बैंकको मुनाफा ३२२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ३.८८ रुपैयाँबाट १६ रुपैयाँ पुग्यो
Shikhar detail

काठमाडौं । नेपाल बैंकको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाशिक अवधिमा ३२२ प्रतिशतले मुनाफा बढाउन सफल भएको हो ।

NIMB

बैंकले तीन महिनामा ६० करोड २१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १० करोड ३९ लाख रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको थियो । खुद व्याज आम्दानीमा सामान्य गिरावट देखिए पनि इम्पेरिमेन्ट चार्ज घट्दा मुनाफामा व्यापक सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो व्यवस्था र कर्जा वासिङ गर्दा यस्तो चार्ज घट्न पुगेको हो ।

मुनाफा सँगै प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ । गत वर्ष ३ रुपैयाँ मात्रै रहेको प्रतिशेयर आम्दानी यस वर्ष १३ रुपैयाँ पुगेको छ ।

बैंकले समिक्षा अवधिमा २ खर्ब ८६ अर्ब रुपैया निक्षेप संकलन गरी २ खर्ब २ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । तीन महिनाको अवधिमा १.१२ प्रतिशतले निक्षेप बढ्दा कर्जा विस्तार भने २.७९ प्रतिशतले मात्रै बृद्धि भएको छ ।

खराव कर्जा ३.९५ प्रतिशत रहेको छ । सिडिरेसियो ७५.३९ प्रतिशत रहेको हुँदा बैंकले अझै व्यवसाय विस्तार गर्ने स्पेस बाँकी छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया